लक्की फिल्मी अवार्डको टाइटल स्पोन्सर ‘ एनप्लस प्रोफेसनल ’

निराज रानाभाट
चितवन : चितवनमा हुने ‘ लक्की फिल्मी अवार्ड ’ लाई ‘ एनप्लस प्रोफेसनल ’ ले टाइटल स्पोन्सर गरेको छ । लक्की मिडिया हाउसले आगामी असारमा विभिन्न ३० विधामा कलाकारहरुलाई फिल्मी अवार्ड वितरण गर्दैछ । लक्की मिडिया हाउसका महा – प्रबन्धक हरि कार्की ‘ लक्की’ ले ‘ एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड ’ लाई भव्य रुपमा सफल पार्न आवश्यक तयारी भैरहेको बताए ।

एनप्लस प्रोफेसनलका विभिन्न सौन्दर्य सामाग्रीहरु फेसवास, मोस्चराईजर, फेस सिरम, सन्सक्रीम , अनियन स्याम्पु, अनियन कण्डिसनर, अनियन अयल लगायतका सामाग्रीहरु नेपाली बजारमा बिक्री वितरण भैरहेका छन् । यो भारतको चर्चित ब्राण्ड हो ।

फिल्मी अवार्डका लागि छिटै मोफसुल टुर हुँदै छ । पोखरा, इटहरी, भैरहवा जस्ता शहरहरुमा निम्तो बाँड्न जाने कार्यक्रम रहेको कार्कीले बताए । केही दिनमै जुरी टिम गठन भएलगत्तै नोमिनेसन खुल्ला गर्ने योजना रहेको बताए ।