आइडब्लुयुएफ अवार्ड : तीन विद्याको मनोनयनमा खेलाडीको नाम सार्वजनिक

निराज रानाभाट
काठमाडौं : अन्तर्राष्ट्रिय उसु महासंघ ( आइडब्लुयुएफ ) को आयोजनामा हुने आइडब्लुयुएफ एथलेट अफ द इयर – २०२२ अवार्डको लागि ३ जना नेपाली खेलाडीहरु मनोनयनमा परेका छन् । आइडब्लुयुएफले सार्वजनिक गरेको विभिन्न ५ विद्याको मनोनयनमा मध्ये ३ विद्याका लागि नेपाली खेलाडीहरु मनोनयनमा परेका हुन ।

मनोनयनमा जुनी राई, दिक हमाल र अलिस मरिक परेका छन्। तीन विधाका योग्य खेलाडी जुनु राई सान्सौ, दीपक हमाल थाउलो र मरिक अलिस राइजिङ खेल तर्फबाट मनोनयनमा परेका हुन् । उत्कृष्ट क्षणको विजेता अनलाइन भोटिङको आधारमा घोषणा हुने छ । भोटिङ आइडब्लुयुएफको साइटमा गएर गर्न सकिन्छ ।