अर्घाखाँची महोत्सव स्थान छनोट प्रति प्याप्सनको ध्यानाकर्षण

अर्घाखाँची  : अर्घाखाँची महोत्सव स्थान छनोट प्रति प्याप्सन अर्घाखाँचीको ध्यानाकर्षण भएको प्यापसन अर्घाखाँचीले जनाएको छ ।

अध्यक्ष कमल बेल्बासेले एक बिज्ञप्ति जारी गर्दै करिव ९ हजार बिद्याथी अध्यन गर्ने बिद्यालय नजिक महोत्सव हुँदा पठनपाठन प्रभाबित हुने भएकोले अन्य उचित स्थानमा महोत्सव गर्न आयोजकलाई सुझाव गरिएको छ ।विज्ञप्तिमा भनिएको छ अर्घाखाँची जिल्लामा यहि माघ ११ गते देखि २४ गते सम्म उद्योग बाणिज्य संघ अर्घाखाँची र चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा संचालन हुन लागेको ब्यापारीक मेलाको स्थानको छनोट प्रति प्याब्सन अर्घाखाँचीको ध्यानाकर्षण भएको जनाइएको छ ।

आयोजक दुबै पक्षले स्थानको बारेमा नजिक रहेका बोर्डिङ स्कुलहरु सँग कुनै सम्पर्क,अन्तरकृया,र छलफल नगरी हजारौं विद्यार्थीको पढ्न पाउने संबैधानिक अधिकार लाई बन्चित गर्ने गरि स्थान छनोट प्रति प्याब्सन अर्घाखाँची गम्भीर आपत्ति प्रकट गरेको छ ।

जिल्लामा महोत्सव मेलाले आर्थिक तथा पर्यटन प्रबर्द्धनको लागि राम्रो भएता पनि प्रत्यक्ष रुपमा कुनै संघ सस्था समाज वा तेस्रो पक्षलाई असर नपर्ने गरि उपयुुक्त स्थान परिवर्तनको लागि सम्बन्धित सरोकारवाला हरुले ध्यान पुर्याउनु हुन अनुरोध गरिएको छ । प्याप्सनले बिद्यार्थीको पठनपाठनमा अबरोद्ध हुने भन्दै जिल्ला प्रशासनमा समेत स्थान परिर्वतन गर्न भन्दै ज्ञापन पत्र पेश गरिएको प्याप्सन अध्यक्ष कमल बेल्बासेले जानकारी दिनु भयो ।

जिल्लामा महोत्सव मेलाले आर्थिक तथा पर्यटन प्रबर्द्धनको लागि राम्रो भएता पनि प्रत्यक्ष रुपमा कुनै संघ सस्था समाज वा तेस्रो पक्षलाई असर नपर्ने गरि उपयुुक्त स्थान परिवर्तनको लागि सम्बन्धित सरोकारवाला हरुले ध्यान पुर्याउनु हुन अनुरोध गर्दछु।