अमृतनगरमा रक्तदान कार्यक्रम सम्पन्न

चितवन – भरतपुरको अमृतनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवन, नेपाल रेडक्रस सोसाइटी शुक्रनगर उपशाखा र भरतपुर महानगरपालिका वडा नं २५ कार्यालय को संयुक्त सहयोग र अमृतनगर टोल विकास संस्थाको आयोजनामा चितवन रुरल मन्टेश्वरी सम्झनाचोक अमृतनगरमा रक्तदान कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा अमृतनगर टोल बासी , भरतपुर महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, विभिन्न राजनीतिक दलका नेताहरु लगायतको उपस्थितीमा ९ जना महिला र ४२ जना पुरुष गरि ५१ जनाले रक्तदान गरेका थिए ।

विभिन्न काराणवस हाल देखिएको रगतको आवश्यकतालाई मध्यनजर गर्दै रक्त अभावबाट कसैले पनि अमुल्य जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।