लघुकथा- चिन्ता : अरुण नदी खत्री

शनिबार बिदाको दिन कार्यालय सहयोगी मानबहादुर सडकको पेटीमा मस्तसित निदायरहेको मेरो आँखाले देख्न पुगे । निदाइरहेको मान्छेलाई के बोलाउने भनेर उसलाई मैले त्यस अवस्थामा उठाउन सकिन । त्यस दिनको भोलिपल्ट ऊ कार्र्यालयमा आउने बित्तिकै ‘हिजो तिमी सडकको पेटीमा सुतेको मैले देखे । किन ओछ्यानमा नसुतेर सडकको पेटीमा सुुतेको नि र्?’

‘मलाई चिन्ता धेरै परेको हुँदा ओछ्यानमा सुुत्न नसकेर रक्सी खाएर घरबाहिर सुतेको घरभित्र रक्सी खाएर पसे भने मेरो परिवारसँग झगडा पर्छ’ उसले भन्यो ।
‘के को चिन्ता प¥यो तिमीलाई’ मैले सोेधेँ । ‘घरमा महंगीले खर्च बढेर आफ्नो जागिर खाएर आएको तलवले खर्च पु¥याउन नसकेको हुंदा चिन्ता परेको सर’ उसले भन्यो ।