विदेशी प्रशिक्षक ल्याउने भए आवेदन दिन संघलाई राखेपको सूचना

काठमाडौं : आसन्न एसियाली खेलकुदका लागि राष्ट्रिय टिमको तयारी प्रभावकारी बनाउन विदेशी प्रशिक्षक आवश्यक पर्ने भए आवेदन दिन राखेपले खेल संघहरुलाई सूचना जारी गरेको छ ।

राखेपको तालिम तथा प्रशिक्षण विभागले दर्ता भएका राष्ट्रिय खेल संघका खेलाडीको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक आवश्यक भएमा १५ दिनभित्र आवेदन पेश गर्न बिहीबार सूचना जारी गरेको हो ।

परिषदमा कार्यरत प्रशिक्षक नभएका खेलहरु, ओलम्पिकमा समावेश खेलहरु, एसियाली र दक्षिण एसियाली खेलकुद खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित सहभागिता गराउने खेलसंघलाई विदेशी प्रशिक्षकका लागि आवेदन दिन भनिएको हो ।