कविता -“पिर अति” : सन्तोष स्पन्दन

यो मन सधैं, म उस्को र
ऊ मेरो हुनु भन्छ।
मेरो मुटुको स्पन्दन
उस्को मात्र, स्पन्दन सुन्नु भन्छ,
मेरा आँखा उसलाई र उस्का आँखा
मलाई मात्र हेर्नु भन्छन्।

मेरो मन म सँग र
उस्को मन उ सँग नबस्नु भन्छ।
सायद,
पिर अति भएपछि
पिरती हुँदो रहेछ क्यारे।

मन पराउँदा मन हराए जस्तो
मन हराउँदा ज्यान डराए जस्तो
केही पाए जस्तो केही गुमाए जस्तो।

अचेल म सबथोक बिर्सिएर
उस्लाई सम्झिरहन्छु,
उस्लाई सम्झिएर
सबथोक विर्सिरहन्छु।

उनी मेरो मात्र र म उनको मात्र भए हुन्थो
भन्ने लाग्नु,
म उनको यादमा अनि उनी
मेरो यादमा हराउनु पनि
डराए जस्तो
खै कस्तो कस्तो!!!!

दुनिया पाए जस्तो
यो दिल हराए जस्तो
घरी घरी लाग्ने रहेछ
जिन्दगी कमाए जस्तो
रङ्ग हरुमा रमाए जस्तो
केही पाए जस्तो, केही गुमाए जस्तो।

सायद,
पिर अति भएपछि
पिरती हुँदो रहेछ क्यारे।।
Write to सन्तोष स्पन्दन