अमृतनगरमा शुक्रबार रक्तदान कार्यक्रम हुँदै, सहभागिता जनाउन आह्वान

किरण पराजुली
चितवन : भरतपुरको अमृतनगरमा रक्तदान कार्यक्रम हुने भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवन, नेपाल रेडक्रस सोसाइटी शुक्रनगर उपशाखा र भरतपुर महानगरपालिका वडा नं २५ कार्यालय को संयुक्त सहयोगमा अमृतनगर टोल विकास संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

रगतको अभावलाई मध्यनजर गर्दै रक्त अभावबाट कसैले पनि अमुल्य जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अमृतनगर टोल विकास संस्थाका सचिव विपिन पोखरेलले जानकारी दिए ।

मानिसको जिवन बचाउने यस महान कार्यमा सहभागी हुन अमृतनगर टोल बासी , संघसंस्था, विद्यार्थी, राजनीतिक दल लगायतलाई आह्वान गरिएको पोखरेलले जानकारी दिए ।

रक्तदान कार्यक्रम माघ ६ गते शुक्रबार चितवन रुरल मन्टेश्वरी सम्झनाचोक अमृतनगरमा बिहान ८ बजेदेखि सुरु हुने संस्थाले जनाइएको छ ।