एमाले अध्यक्षसँग चिनियाँ राजदूतको भेट

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेट गरेका छन् ।

ओली निवास बालकोटमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

गत महिना मात्र नेपाल आएका उनले सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्दै आएका छन् ।