गजेन्द्र ईस्वाे स्मृति रनिङ कप २०७९ माघ १७ देखि सञ्चालन हुने

सुमन आचार्य तेह्रथुम

तेह्रथुम : तेह्रथुम जिल्ला आठराई गाउँपालिका वडा न २ खाम्लालुङ स्थित कालिका आधारभूत विद्यालयकाे खेलमैदानमा आठराई गाउँपालिका वडा न २ काे आयाेजनामा माघ १७ देखि २३ सम्म गजेन्द्र इस्वाे स्मृति रनिङ कप २०७९ काे आयाेजना गरिएकाे आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिएका दिनुभएको छ ।

मेलामा खुल्ला पुरुष तथा महिला फुटबल तथा ,धान नाच सगिंनि नाच व्याडमिन्टन खेल साथै सास्कृतिक कार्यक्रम काे आयाेजना गरिएको छ ।

खुल्ला पुरुष फुटबल खेल तर्फ प्रथम पुरस्कार नगद- एक लाख पचास हजार साथमा ( ३ वर्षे रनिङ कप ) मेडल र प्रमाण पत्रदाेस्रो पुरस्कार नगद एक लाख साथमा ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

यसैगरी खुल्ला महिला फुटबल तर्फ प्रथम नगद साठी हजार साथमा (३ वर्षे रनिङ कप ) मेडल र प्रमाण पत्र , दाेस्रो नगद चालीस हजार साथमा ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

सास्कृतिक कार्यक्रम तर्फ प्रथम पुरस्कार नगद १५हजार साथमा प्रमाण पत्र दाेस्रो पुरस्कार १० हजार साथमा प्रमाण पत्र
तेस्रो पुरस्कार ५ हजार प्रमाण पत्र राखिएको छ भने
धान नाच तर्फ प्रथम पुरस्कार नगद १० हजार साथमा प्रमाण पत्र ,दाेस्रो पुरस्कार नगद ८ हजार साथमा प्रमाण पत्र रहेको छ ।

ब्याडमिन्टन तर्फ प्रथम पुरस्कार नगद १५ हजार साथमा ट्रफि मेडल र प्रमाण पत्र दाेस्रो पुरस्कार नगद १० हजार साथमा मेडल र प्रमाण पत्र राखिएको छ ।

साथै सम्पूर्ण खेलकाे प्रत्यक्ष प्रसारण गाेल नेपाल अनलाइनबाट गरिने वडा अध्यक्ष भिम बहादुर लिम्बूले जानकारी दिएका छन् ।

मेला उद्घाटन माघ १७ गते सास्कृतिक तथा झाकि कार्यक्रमका साथ उद्घाटन गरिने आयाेजक कमिटीका रमेश फाेम्बाेले जानकारी दिए