कर्णालीमा उपसभामुखको निर्वाचन आज, कांग्रेसकी शाहीद्वारा उम्मेदवारी दर्ता

सुर्खेत : कर्णाली प्रदेश सभाका उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन बुधबार दिउँसो १ का लागि तोकिएको छ। उपसभामुखका लागि अहिलेसम्म नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ ।

कांग्रेसकी सांसद इन्द्रा कुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनी समानुपातिक केटाबाट सांसद बनेकी हुन्। सत्तारुढ गठबन्धनबाट भने अहिलेसम्म उम्मेदवारी दर्ता भएको छैन । गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ।