किन हटाइयो राजतन्त्रः देश बेच्न र भ्रष्ट्राचार गर्न ?

मुलुक आर्थिक संकटको जञ्जालबाट अझै पनि उम्किन सकेको छैन् । बढ्दो सरकारी खर्च र घट्दो राजस्वका कारण अर्थतन्त्रमा धेरै समस्या देखिएको छ । सरकारले मंसिरमा दिनुपर्ने ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता दिएको छैन् । यता, भूपू कर्मचारीले पेन्सन पनि पाएका छैन् । सरकारले सरकारी खर्च धान्न सक्दैन् भन्ने विषयमा चर्चा चलेको छ । बजारमा अधिकांशले यही विषय उठाइरहेको पाइन्छ । योसंग दुईटा माग उठेको छ । भूपू कर्मचारीको पेन्सन कटौती गर्नुपर्छ ।

सरकारी कर्मचारीलाई दिएको तलब, सेवासुविधा घटाउनुपर्छ । संघीय तथा प्रदेशमा भएका सांसद् र स्थानीय सरकारका जनप्रतिनिधिहरुले पनि तलबभत्ता लिन थालेपछि राज्यको ढुकुटीमा चाप परेको छ । प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि लिएर नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतले तलबभत्ता र सेवासुविधा लिएका छन् । जसले गर्दा राज्यले खर्च धान्न नसक्ने भइसकेको छ । पहिले देश चलाउने एउटै मात्र हुन्थ्यो । मुलुकमा राजाले मात्र तलब खान्थे ।

राजाले तलब खाएर देश कंगाल भयो, राज्यको ढुकुटी टाँट पल्टियो भनेर राजतन्त्र फालियो । विकासमा खर्च हुनुपर्ने रकम सबै राजाले तलब खाएर सिद्धाए भनेर राजतन्त्रको खुब विरोध हुन्थ्यो । अहिले वडाध्यक्षले समेत तलबभत्ता खान्छन् । सरकारी गाडी चढ्छन् । राज्यकै ढुकुटी रित्याएर देशविदेश घुम्न जान्छन् । राज्यबाट पाउनुपर्ने सेवासुविधामा एउटा पनि छोड्दैनन् । अहिले आएर यिनीहरु जागिर खान आएका रहेछन् भन्ने स्पष्ट भइसकेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, भूपू सभामुख, राष्ट्रपतिले पनि तलबभत्ता लिने गरेका छन् । तिनीहरु बस्ने घरको भाडा, टेलिफोनको खर्च, खाना, गाडी, लुगा सबै जनताले तिरेकै करबाट परिपूर्ति हुन्छ । यिनीहरु जनताको सेवा गर्न होइन् जागिर खान र कमाउन आएका हुन् । हिजो भोट माग्ने बेला प्रायजसो तलबभत्ता लिन्न र सरकारी गाडी चढदिन् भन्दै दाबा गरेका थिए । तर, अहिले आएर उनीहरुको रुप नै परिवर्तन भएको छ । कुनै पनि सांसद्ले तलबभत्ता लिँिदन, सरकारी गाडी चढ्दिन भनेका छैनन् ।

चाहे त्यो राजनीतिक पार्टीबाट जितेका होस् या स्वतन्त्रबाट । जनप्रतिनिधिहरुले त सेवासुविधा लिएर मोजमस्ती गरिरहेका छन् । उपत्यकाभित्रै घर भएका सांसद्हरुले समेत घरभाडा, घर मर्मत खर्च भनेर राज्यबाट मासिक रकम लिइरहेका छन् । उपत्यकाबाहिर घर हुनेले घरभाडा खर्च भन्नु स्वाभाविकै हो तर यही घर भएकाले समेत राज्यबाट पैसा लिन छाडेनन् । सत्तामा पुगेपछि तलब पनि खाँदैनौं, जनताको सेवासुविधामा खटिन्छौं, सरकारी गाडी चढ्दैनौं, व्यक्तिगत सम्पत्ति जोडदैनौं भनेर जनयुद्ध शुरु गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले देशको प्रधानमन्त्री छन् ।

उनले हिजो ठूल्ठूला दाबा त गरे तर तीमध्ये एउटा पनि पूरा गरेनन् । उनले मासिक तलबभत्ता बुझ्छन्, सरकारबाट पाउने सबै सेवासुविधा लिन्छन्, सरकारी गाडी चढेका छन्, जह्ीत्यही व्यक्तिगत सम्पत्ति जोडेका छन् । जनयुद्ध गर्नुको कारण अहिले आएर छर्लङ्ग भइसकेको छ । नेपालको अर्बपति भनेर चिनिने विनोद चौधरी यसअघि मनोनित सांसद्मा परेका थिए । त्यतिबेला पनि उनले सरकारबाट पाउनुपर्ने सेवासुविधा लिएका थिए । झण्डावाल गाडी चढे, बैठकभत्ता, तलबभत्ता सबै लिए ।

आफूलाई अर्बपति भनेर विश्वमा चिनाउने चौधरीसमेत सरकारी गाडी र राज्यको ढुकुटीमा लुप्त छन् । उनलाई राष्ट्र र जनताको माया छैन् । व्यापारीलाई के राष्ट्रियता के जनता । व्यापारी हिजो पनि ठगेर कमाउँथे, भोलि पनि त्यही गर्ने हुन् । चौधरीले कर छलेर कमाएका हुन् । पाँच रुपैयाँको सामान २० रुपैयाँमा बेच्ने ठग पनि उनी नै हुन् । काम गर्ने मजदुरलाई थोरै तलब दिएर शोषण गर्ने शोषकी चौधरी हो । सरकारी जग्गा हिनामिना गर्नेमा यिनको ठूलो हात छ ।

यो देशको लागि साप हो । आर्थिक संकट देशमा यथावत् नै छ । बजारमा तरलता बढेको छ । मँहगी बढेर जनतालाई दुई छाक टार्न धौ धौ परेको छ । तर, तलबभत्ता चाँहिदैन् भनेर कसैले पनि घोषणा गरेका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई देश र जनताभन्दा तलबभत्ता र सेवासुविधा प्यारो छ । जनताले तिरेको करमा रजाँई गर्न पाइन्छ कि पाँइदैन् ? यिनीहरुको दिमागमा हरहमेशा खेलिरहेको विषय हो यो । एउटा पनि सांसद्ले तलबभत्ता नचाहिने घोषणा गरेका छैनन् ।

जनप्रतिनिधिले त जागिर खान आएकोजस्तो गरेका छन् । बरु राज्यको ढुकुटी सकियोस् तर यिनीहरुलाई जसरी पनि तलबभत्ता र सेवासुविधा चाहेको छ । विदेशीसंग हात फैलाएर पनि यस्ता सामान्तीहरुले तलबभत्ता खाइरहन्छन् । भूपू राष्ट्रपति रामवरण यादवले आफ्नो घर भाडामा लगाएर अर्काको घरमा बहालमा बसिरहेका छन् । उनले मासिक लाखौं रुपैयाँ घरभाडा खर्च भनेर लिन्छन् । यस्ताले पनि देशको माया गर्छ ? देश दोहन गर्ने यस्ता फट्याहालाई भूपू राष्ट्रपति भन्न पनि घिन लाग्छ ।

हिजो माओवादीहरु राजाको विरोध गरेर सत्तामा आए । राजा हटाउनका लागि नेपाललाई रणभूमि बनाइयो । कांग्रेस, एमालेलगायत अन्य पार्टीले पनि राजाको खुंखार विरोध गरे । राजा हटाएपछि सबै जना धमाधम सत्तामा गए । कमाउने र सम्पत्ति जोड्नेबाहेक अरु केही काम नै भएन् । राजा हटाएर देश र जनताले के पाए ? प्रश्न उठेको छ । भ्रष्ट्राचारमा देश लुप्त भयो । जनता हिजो जहाँ थिए आज पनि त्यही छन् । राजा हटाएर फट्टयाहाहरुले जागिर पाए ।

भ्रष्ट्राचार गर्ने ठाँउ पाए । तर, जनताको अवस्था त नाजुक बन्दै गएको छ । पहिलेको तुलनामा मँहगी ह्वात्तै बढ्यो । बेराजेगारमा मुलुक ग्रस्त भयो । नेपालीहरु काम गर्नलाई विदेश छिर्नुपर्ने बाध्यता जाइलाग्यो । विदेशी ऋण निरन्तर उकालो लाग्दै गइरहेको छ । विदेशीको हस्तक्षेप बढ्यो । त्यत्रो जनयुद्धले नेपालीलाई के फाइदा भयो ? नेपाल नै बेच्नुपर्ने अवस्थामा आइसक्यो । मासिक लाखौं तलबभत्ता बुझ्छन् यिनीहरु अनि देशमा कहाँका विकास हुन्छ ? विकास केले गर्ने ?

जनताले तिरेको करले तलबभत्ता दिन नपुग्ने भइसकेको छ । २४ वर्ष एउटै घरमा एउटै कोठा लिएर बसेको चित्रबहादुर केसी अहिले सांसद् बनेका छन् । उनले मैले कहिले पनि भ्रष्ट्राचार गर्दिन भनेका छन् । यसअघि सांसद् हुँदासमेत सार्वजनिक यातायातमा यात्रा गर्थे केसी । अब उनले के गर्लान्, हेर्न बाँकी छ । मुलुक अहिले विदेशी ऋणमा डुबेको छ । सरकारी खर्च धान्न नसक्ने अवस्थामा मुलुक हिँडिरहेको छ । आर्थिक संकट नेपालमा देखापरेको छ ।

तर, उनले अहिलेसम्म तलबभत्ता लिँदिन भनेर घोषणा गरेका छैन् । उनले सरकारी गाडी चढ्दिन भनेर सदनमा उभिएर बोलेका छैनन् । जनताले उनीबाट धेरै अपेक्षा गरेका थिए । तर, उनले अहिलेसम्म तलबभत्ता नलिने घोषणा नगर्दा जनताको विश्वास गुम्दै गएको छ । राप्रपाका सांसद्हरु राजा चाहिन्छ भन्छन् । हिन्दु राज्य चाहिन्छ भनेर ठूल्ठूला भाषण ठोक्दै हिँडेका हुन्छन् । तर, हामीलाई तलबभत्ता र सेवासुविधा चाँहिदैन् भनेर यिनीहरुले सदनमा उभिएर बोलेका छैनन् ।

राप्रपाका सांसद्हरुलाई पनि तलबभत्ता र सरकारी गाडीको लोभ रहेछ । राष्ट्रमाथि कोही पनि जिम्मेवार छैनन् । देश सकियोस् तर मोजमस्ती गर्न छोड्दैन् । जनताले तिरेको कर दोहन गर्न गएका यिनीहरुले नेपाल सखाप पार्ने भए । जनताले सेवासुविधा पाउने त गफमै सिमित हुन्छ । विदेशी ऋण घट्छ भनेर आश नगर्दा पनि हुन्छ । जनतालाई भर्याङ बनाएर सात पुस्तालाई पुग्नेगरी कमाउन आएकाले नेपाल सकाउने नै भए । पहिलेपहिले व्यक्तिहरुले गरिबलाई लुट्थ्यो ।

अहिले त्यसकै रुपमा आएका छन् राजनीतिक दलका नेता । यिनीहरुले नदेख्ने गरी भ्रष्ट्राचार गरिरहेका छन् । नेपालीले भात खानका लागि पनि कर तिरेका छन् । जनताले तिरेको करमा यिनीहरुले भ्रष्ट्राचार गरिरहेका छन् । जनताले तिरेको करबाट यी शोषकीहरु पालिरहेका छन् । यस्ता जुकाहरुलाई देश निकाला गर्नुपर्छ । यिनीहरुले सुरक्षाकर्मी राख्छन् त्यो पनि हामीले तिरेको करबाट आएको छ । गाडी चढ्ने, खानेबस्ने, लगाउने सबै जनताले तिरेको करबाट परिपूर्ति भइरहेको छ ।

खान नपाएर आत्महत्या गर्नुपर्ने बाध्यता जनतालाई छ । नेपालीहरु रोजगारीकै लागि विदेशिरहेका छन् । पुल नभएर तुइनबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । शिक्षा, स्वास्थ्यबाट जनता वञ्चित छन् । तर, सरकारी कर्मचारी र जनताबाट चुनिएर आएका जनप्रतिनिधिहरु जनताले तिरेको करमा मोज गरिरहेका छन् । यो हो लोकतन्त्र ? नेपाली जनताहरु यो व्यवस्थाको विरोधमा उत्रिनुपर्ने बेला भएको छ । नत्र मुलुक विदेशीको हस्तक्षेपमा जान्छ । सरकारी कर्मचारी र राजनीतिक दलले नेपाल बेचे ।

अनुसा थापा
भक्तपुर