३१ दिनमा सकियो ‘प्रसाद २’ को छायांकन, कहिले होला रिलिज ?

काठमाडौं : फिल्म ‘प्रसाद २’को इन्डक्ल्याप गरिएको छ । छायांकन सुरुवातको ३१ दिनपछि इन्डक्ल्याप गरिएको हो । सुदर्शन थापा निर्देशित फिल्म कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायांकन गरिएको छ ।

एसजी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतको लगानी छ । फिल्मका कार्यकारी निर्माता सुवास थापा हुन् । फिल्ममा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय छ ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, राजनराज शिवाकोटीको संगीत, उत्तम न्यौपानेको ध्वनि तथा पत्रकार सुशील पौडेलको कथा छ । निर्देशक सुदर्शनका अनुसार फिल्म आगामी १ वैशाखमा रिलिज हुनेछ ।