थानेश्वर गौतमको स्वरमा गजलकार जि.एम दिपुको गजल गीत ‘खतरा धेरै भो’ सार्वजनिक (भिडियोसहित)

पुष्कर खड्का
दैलेख : रुकुम पश्चिमा जन्मिएर बिगत लामो समयदेखि दैलेखमा बस्दै आएका गजलकार जि.एम. दिपु देपेन्द्रको गजलगित भिडियो सहित सार्वजनिक भएको छ ।

जि.एम. दिपु देपेन्द्रको शब्दमा रहेको गजलमा स्वर तथा संगित चर्चित गजल गायक थानेश्वर गौतमको रहेको छ भने धेरै गीतमा निर्देशन गरिसकेका निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन् । त्यसैगरी एरेन्ज कमल सौरागले गरेका छन् भने मिक्सिंग खडक बाजुरालीको रहेको छ ।

मालाश्री रेकर्डिङ स्टुडियोबाटयो रेकर्ड भएको यस गजलको राम के.सी.ले छायांकन गरेका छन् भने यस गजल गीतको भिडियोमा कलाकार भने गिता ढुंगाना, आशिष ओली, स्वाभिमान शुबेदी रहेका छन् ।

पुस २९ गते सार्वजनिक भएको भिडियो गित भएको गजलकार जि.एम ले बताएका छन । भिडियो थानेश्वर गौतमको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।