लोकतन्त्र व्यबहारमा परिणत भएको खण्डमा उपेक्षित वर्गले न्याय पाउछन

लोकतन्त्र प्रक्रिया मात्र हैन लोकतन्त्र व्यबहार पनि हो लामो समय हामीले प्रक्रिया मात्र बनायौ जुन दिन हामिले लोकतन्त्रलाइ व्यबहार बनाउछौ त्यो दिन हाम्रो समाज परिवर्तन हुन्छ त्यस दिन हाम्रो सामाज रुपान्तरण हुन्छ।आज जुन उपेक्षित र उत्पीडित वर्गले न्याय पाउन सक्दैन आज रुकुमको नवराज बिकको परिवारले न्याय!पाउन सक्दैन निर्मला पन्तको परिवारले न्याय पाउन सक्दैन भने यो ब्यबहारत लोकतन्त्र हैन लोकतन्त्रको प्रक्रिया मात्र हो ।

जुन पीडित वर्गहरुलाइ नै न्याय दिन सकिदैन तब देशको लोकतन्त्र बलियो हुदैन देश समृद्ध सुशासन मैत्री बन्न सक्दैन आधुनिक राज्य विकासका धेरै घटनाक्रमहरु छन हामिलाइ त लाग्छ। यो राज्य भन्ने अबधारणा त्यो कमजोरहरुको लागि हो।जो समाजमा न्याय नपाएका जातिहरुको लागि हो न्याय नपाएका समुदायको उत्थानका लागि हो । लोकतन्त्र महिला पुरुष र सबै जातजाति समानताको लागि हो

निमुखा र अल्पसंख्यक समुदायको पुनरउत्थानका लागि र समाजमा एकरुपता कायम गर्नका लागि हो। यसका निम्ति देशको प्रतिनिधित्व गर्ने जनताका जनप्रतिनिधिहरुको गहनभुमिका रहन्छ। जनताको प्रतिनिधित्व गर्ने प्रतिनिधि पात्र लोकतान्त्रिक समाज रुपान्तरण गर्ने पात्रको रुपमा न्यायको पक्षधारीको रुपमा स्थापित भएको खण्डमा जसले आफ्नो सुरक्षा आफै गर्न सक्दैन उसले सुरक्षाको प्रत्याभूत गर्दछ।

राजनीतिमा धेरै बिचार हुन्छ राजनीतिमा धेरै सिद्धान्त हुन्छ राजनीतिमा सिङ्गो देशको सुशासन कायम गर्ने योजनाको खाका हुन्छ। तेसार्थ राजनीतिलाई लोकतन्त्र अनुरुप दिशा निर्देश गर्न सकिएन भने परिवर्तनका निश्चिति गन्तव्य नै अन्योलमा पर्दछ।

त्यसैले समाजको विकास गर्न र समाज बदल्न सामाजिक कुसंस्कारहरुको अन्त्य गरि सभ्य समाजको निर्माण गरिनुपर्दछ। देशको विकास गर्न लोकतान्त्रिक मुल्य र मान्यता अनुरुप स्थिर कानुन जनमैत्री सुशासन पहिलो प्राथमिकता र एजेन्डा बनाउनुपर्दछ।