चितवन : ‘ आठौं खिचरा महोत्सव ’आजदेखि,उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने

निराज रानाभाट
चितवन : ` राष्ट्रिय एकता र विविधता हाम्रो शान ! बहुजाति , भाषा , संस्कृति नेपालकाे पहिचान ´ भन्ने मुल नारा सहित  आजदेखि आठौं सँस्करणको ‘ खिचरा महोत्सव – २०७९ ’ शुरु हुँदै छ । उक्त महोत्सवको समुद्घाटन उप – प्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने भएका छन ।

महोत्सव अतिथि सत्कार समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार गृहमन्त्री एवम् चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले दिउँसो १ बजे महोत्सवको समुद्घाटन गर्ने छन । 

महोत्सव चितवन जिल्लाको खैरहनी नगरपालिका – ५ , जबकौलीस्थित गौचरनमा हुँदै छ । महोत्सव समुद्घाटन अघि मंगनी चोकदेखि महोत्सव स्थलसम्म झाकीसहितको शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए ।

आउँदाे माघ ०४ गतेसम्म चल्ने महोत्सवमा १ सय ५० भन्दा बढी विभिन्न प्रकारका स्टलहरु रहेन छन् । महोत्सवमा दैनिक साँस्कृतिक कार्यक्रम अन्तरगत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक कार्यक्रमहरु रहने छन् । यस्तै , यसपटक तराईका २२ जिल्लाका थारु समुदायका थारु परिकारहरु महोत्सवमा खान पाइने छन् ।

महोत्सवमा पहिलोपटक जिल्लास्तरीय भलिबल प्रतियोगिता , दैनिक विशेषज्ञ चिकित्सकहरुद्धारा निःशुल्क स्वाथ्य सेवा उपलब्ध हुने छन् भने कृषि उपजहरु प्रदर्शनीमा राखिने छन् । यस्तै , विविध मनोरञ्जनात्मक बाल उद्यानहरु समेत रहने आयोजकले जनाएको छ ।

त्यसैगरी , खिचरा डान्स आइडललगायतका अन्य प्रतियोगितात्मक कार्यक्रहरु समेत रहेको आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ का सभापति चुडामणि चौधरीले जानकारी दिए ।