सङ्कुचित बिचारधाराले जरा गाडेको दलित समुदाय : सुना परियार

आज दलित समुदाय जुन एजेन्डा र लक्ष प्राप्तिका लागि संघर्षरत छ। उहीँ समुदाय उत्पीडनमा छ ।जसको फलस्वरूप अनेकौ अधिकारबाट बन्चित हुनुको साथै जनता बाट नागरिक हुनसमेत नपाएको अवस्था छ जसको कारण दलित समुदायभित्र कै आन्तरिक बिद्रोहको कारण आजको युगसम्म आइपुग्दा आन्तरिक असमानता र बेमेल भैराखेको छ।

एक दलितले अर्को दलितको अस्तित्वलाई अस्विकार गर्ने परिपाटीले समुदाय भित्रको वर्गमा आसमानता ल्याएको छ । एउटा परियार समुदायको दलितको योजना र एजेन्डालाई बिश्वकर्मा समुदायले स्विकार नगर्ने अर्को मिजार या अछामी समुदायको एजेन्डालाई अन्य दलितसमुदायले नस्विकार्ने प्रबृत्तिहिजोका दिनमा पनी कायमै थियो र आजको लोकतान्त्रिक गणतन्त्रत्मक राज्य ब्यायबस्थाको सङ्घारमा आइपुदा समेत दलितवर्गमा सङ्कुचित सोच विचारमा परिवर्तन हुनसकेको छैन ।

आजको झन ससदिय अभ्यासको क्रममा त दलित समुदायमा यति धेरै तिक्तता छ एउटा दलितको पात्रले माननीय बन्ने अबसर पायो भने उसले ठुलै अपराध गरेसरह अर्को दलितले उसका विरुद्ध कुरा काट्न सुरु गर्छ यस्ता प्रबृत्तिले नत दलित आन्दोलन नै अघि बढ्छ नत दलित समुदायलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउछ ।आज दलित समुदायको हकहित र समुन्नत चाहाने परिवर्तनको अपेक्षा गर्ने एक अर्का बिच आपसी समझदारी र भाइचारा कायम हुन नितान्त आबश्यकता छ।

एकका विरुद्ध अर्कोले खुल्याउने परिपाटीको थालना हामी भित्रबाट नै अन्त्य हुनु आबश्यकता छ।हिजो राणा पन्चायत र राजा फाल्नको लागि जसरी अरु समुदायले भुमिका खेलेको थियो उतिनै भुमिका दलित समुदायको थियो । हिजोका दिनमा परिवर्तनको लडाइमा सबै जातिको भुमिका बराबर रहेता पनि आज दलित जातिनै सबै भन्दा उपेक्षित वर्ग अन्तरगत पर्दछ जुन मुख्य कारण जातीय अन्तरबिरोध यहि अन्तरबिरोध र आन्तरिक संघर्ष दीर्घकालीन समयसम्म कायमै रहिरहने हो भने दलित आन्दोलनले ल्याएको परिवर्तनका एजेन्डा समेत धरासायी हुने अवस्था छ। सबै दलितहरुको इतिहास बन्दैन तर सबै दलितहरु मिलेर एउटा इतिहास निर्माण गर्न भने सम्भब छ।

हिजोका दिनमा राजनीतिमा समाबेशीताको पेचिलो मुद्दाको उठान गर्ने समुदाय पनि दलित समुदाय नै हो यहि समावेशिता नै हामी दलित समुदायले सरक्षण गरि थप प्रभावकारी ढंगले चलायमान गराउन सकेनौ भावी पुस्तालाइ परिवर्तनका नया कुरा हस्तान्तरण गर्न नसकिने अवस्था छ। विकसित देशहरुमापशुको अधिकार खोजिरहदा हाम्रो जस्तो विकासउन्मुख देश
नेपालमा मानिसको अधिकार खोजिरहेका छौ अझ त्यो भित्रपनी दलितको अधिकार खोजिरहेका छौ । तरपनी पाइराखेका छैनौ जुन मुख्य कारण हो दलित बिच एकता अभावकै कारण यो अबस्था बेहोर्न बाध्य छ दलित समुदाय ।

अबको दलित समुदायको हकहित र परिवर्तनको निमित्त कि भने सिङ्गो दलित समुदायलाई राज्यले एकद्वार र एकाधिकार कायम गराउन पर्छ भने कि त समुदायले नै अब्बल ढंगले नेतृत्व गर्नु पर्दछ भने सबै दलित समुदायले एक आपसमा साथ दिनु पर्दछ। राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्वको एजेन्डालाई रास्टिय एजेन्डा बनाइ समृद्धिको आधार खडा गर्नु नितान्त आबश्यकता छ ।