सांसद गगन थापाको प्रमुख आतिथ्यमा माघ १ गते ` राष्ट्रिय कृषि जैविक विविधता वर्ष ´ मनाईदै

निराज रानाभाट
काठमाडौं : जीवन र वातावरणको लागि कृषि जैविक विविधता ´ भन्ने मुल नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता वर्ष ´ मनाईदै छ । उक्त कार्यक्रममा सांसद गगन थापाको प्रमुख आतिथ्य रहने छ ।

कृषि जैविक विविधता महत्त्व , संरक्षण र दिगो उपयोगमा सकृय रूपमा लाग्न उत्प्रेरित गर्ने हेतुले राष्ट्रिय जीन बैंककाे पहलमा राष्ट्रिय कृषि जैविक विविधता संरक्षण समितिको बैठकबाट वि.सं. २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष ´ काे रूपमा घोषणा गरि मनाउने बारे निर्णय भएको छ ।  आर्थिक वर्ष २०७९ / ८० काे संघीय संसदमा प्रस्तुत नेपाल सरकारकाे बजेट वक्तव्य मार्फत वि.सं. २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष ´ काे रूपमा मनाउने घोषणा गरिसकेको छ ।

नेपाल सरकारले यसै वर्षदेखि माघ -१ गते , राष्ट्रिय कृषि जैविक विविधता दिवस ´ र माघ -१ गतेदेखि ०७ गतेसम्म कृषि जैविक विविधता सप्ताह ´ मनाउने निर्णय समेत गरिसकेको छ । उक्त कार्यक्रमको कार्यन्वनका लागि सरकारी लगायत निजी क्षेत्रकाे समेत सहभागिता रहेने छ ।

यसै सन्दर्भमा कृषि जैविक विविधताकाे संरक्षण , प्रर्वद्वन र बजारीकरणमा टेवा पुर्याउने हेतुका साथ ग्याष्ट्रोनोमी टुरिजम एसाेसियसन अफ नेपाल , रैथाने एग्री प्रडक्टस् नेपाल , इन्टरनेसनल नेपलिज सेफ साेसाइटी यूके र यात्रा अनलाइन टिभी आयोजनामा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र राष्ट्रिय जीन बैंक नेपालकाे सह – आयोजनामा ` प्रथम राष्ट्रिय जैविक विविधता दिवस तथा परम्परागत रूपमा मनाइने माघे संक्रान्ति मेला ´ आउँदाे माघ ०१ गते गरिने भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन राजधानी काठमाडौंको कपनस्थित वृक्षालय रिसोर्टमा माघ १ गते , आइतबार , दिउँसो १ बजे गरिने भएको छ ।