एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ‌ : एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको बताइएको छ ।

आर्थिक वर्ष २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १ सय ८६ दशमलव ४० अर्ब र कर्जा १ सय ८२ दशबलव ०९ अर्ब रहेको छ ।

हाल देशभरि २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सनकाउन्टर मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।