
जीवन बहादुर थापा
नेपालगन्ज :कोरोना भाइरसको दोस्रो लहर संगै बाँकेमा बढेको कोरोना संक्रमितको ग्राफमा कमि आए संगै जिल्लामा रहेका कोरोना विशेष अस्पतालको बेडहरु खाली हुँदै गएका छन् ।
कोरोना संक्रमितले उपचार नपाएको , उपचारका लागि बेड नपाएको र औषधि समेत प्राप्त गर्न धौधौ बनेको बाँकेमा हालका दिनमा कोरोना संक्रमण नियन्त्रणमा आउदै गरेको देखिन्छ , सो संगै बाँकेका कोरोना विशेष अस्पतालहरुमा बेड खाली बनेको हो ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिृकत नरेश श्रेष्ठका अनुसार बाकेको भेरी अस्पताल, कोभिड वार्डमा ११ बेड, नेपालगन्ज मेडिकल कलेजको कोभिड वार्डमा २९ बेड, वेस्टर्न अस्पतालको सर्जिकल बेड १३ बेड, र युनाइटेड अस्पतालको ५ बेड गरेर जिल्लाभर ५८ वटा बेड खाली रहेको श्रेष्ठले जनाएका छन
कोरोना संक्रमणको दोस्रो लहर संगै जिल्लामा कोरोना संक्रमण र मृत्युुको सिलसिला दैनिक बढ्दै गएको थियो तर हालका दिनमा मृत्युमा समेत कमि आएको छ भने संक्रमण र संक्रमणको दर समेत नियन्त्रणमा आउदै गरेको डाटाले देखाउछ ।
