रोकियो चर्चित हाँस्य टेलिशृंखला ‘ सक्किगोनि ’ को प्रसारण

निराज रानाभाट
काठमाडौं : चर्चित हाँस्य टेलिशृंखला ‘ सक्किगोनि ’ को प्रसारण रोकिएको छ । १०० औं भाग प्रसारण भएपछि कार्यक्रमको प्रसारण रोकिएको हो ।

कार्यक्रमको प्रसारण रोकिएको कलाकार तथा निर्देशक अर्जुन घिमिरे ( पाँडे ) ले जानकारी दिए । ‘ हिमालय टेलिभिजनसँग हाम्रो सम्झौता सकिएपछि नयाँ टेलिभिजनको लागि छलफल गरिरहेका छौं । १ / २ हप्तापछि कुन टेलिभिजनमा प्रसारण हुने भनेर टुंगो लाग्छ । त्यसपछि नियमित प्रसारण हुन्छ ,’ उनले भने।

यो कार्यक्रम वि.सं. २०७७ मंसिर २५ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो । कार्यक्रममा केही कुरा परिवर्तन गरिने घिमिरेले बताए । ‘ कार्यक्रममा केही हेरफेर गर्दै हामीले सिजन ३ भनेर कार्यक्रम ल्याउने तयारी गरेका छौं ,’ उनले भने ।

कार्यक्रमलाई अर्जुन घिमिरे ( पाँडे ) र कुमार कट्टेल ( जिग्री ) ले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेका छन् ।