ब्लड डोनर्स सोसाइटी नेपालद्वारा ` खुल्ला कविता लेखन प्रतियोगिता ´ हुदै

निराज रानाभाट
चितवन : ब्लड डोनर्स सोसाइटी नेपालको दोस्रो वार्षिकोत्सबको अवसरमा ` खुल्ला कविता लेखन प्रतियोगिता ´ आयोजना गरिएको छ । उक्त प्रतियोगितामा ” म एक रक्तदाता ” भन्ने शिर्षकमा कविता लेख्नु पर्ने छ ।

उक्त प्रतियोगिताकामा कबिको रचनाले शिर्षकको मर्म बोकेको हुनुपर्ने छ भने कबिता मौलिक रचना हुनुपर्ने छ । कहिँ कतैबाट साभार गरिएको भेटिएमा प्रतियोगिताबाट हटाईने छ । कबिताले कुनै पनि धर्म , सस्कृती , जातजाती , व्यक्ति विशेषलाई आच आउने हुनुहुदैन । कबिता बढीमा २ सय शब्दको प्रेसित गर्नुपर्ने छ । कबिता नेपाली भासामा हुनुपर्ने छ ।

त्यसैगरी , लिखित कविताको पिडिएफ  ब्लड डोनर्स सोसाइटी नेपालको ईमेल nepalblooddonorssociety@gmail.com मा पठाउनु पर्ने छ । कबिता मेलमा पठाउदा कबिको नाम , ठेगाना , उमेर , सम्पर्क नम्बर , ब्लड ग्रुप समाबेश गरि पठाउनु पर्ने छ । उत्कृष्ट रचना मध्यको सर्बोत्कृठ कविता लेखकलाई नगद पुरस्कार र प्रमाण – पत्रले सम्मान गरिने छ र सहभागी सबैलाई डिजिटल सर्टिफिकेट प्रदान गरिने छ । आफ्नो रचना लिखित सहित भिडियो मार्फत पनि पठाउन सक्नु हुनेछ ।उत्कृष्ट १० रचनालाई फेसबुक पेजमा प्रसारण गर्ने छौ । प्रतियोगितामा निर्णायक र आयोजकको निर्णय नै अन्तिम निर्णय हुने छ ।

खुल्ला कविता प्रतियोगिता भएको हुनाले विश्वको जुनसुकै ठाउँबाट प्रतियोगितामा भाग लिन पाउनु हुने छ आयोजकले जनाएको छ । कविता पाउने अन्तिम मिति आउँदाे माघ ११ गतेसम्म रहेको छ भने नतिजा प्रकाशन आउँदाे १५ गते हुने छ ।