कि कोरोना भ्याक्सिन उपलब्ध गराउ नसक्ने भए हामी आफै खरिद गर्छौ अनुमती देउ :वालिङ नगरपालिका

 

रोमाकान्त न्यौपाने
स्याङ्जा :स्याङ्जाको वालिङ नगरपालिकाले स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई भ्याक्सिन उपलब्ध गराउन पत्राचार गरेको छ ।

नगरपालिकाले  पालिकामा बढ्दै गइरहेको कोरोनाको महामारी रोकथामका लागि एकमात्र विकल्प भ्याक्सिन भएको जनाउँदै स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई भ्याक्सिन उपलब्ध गराउन र नसके नगरपालिकाले आफ्नै स्रोतमा खरिद गर्नको लागि अनुमति दिन माग गरेको हो।
नगर प्रमुख फिलिप प्रताप खाडले हस्ताक्षर गरी जेठ १० गते पत्रचार गरेका थिए। सो कार्यको सर्वत्र प्रसंशा गरिएको छ ।

भर्खरै मात्र शहरी विकास योजना,वातावरण,तथा विपद् व्यवस्थापन विधामा उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको थियो सफल तथा नेपालकै स्मार्ट सिटी भनेर पनि यो नगरपालिका चिनिन्छ ।