राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान दैलेख शाखाले माघ १९ गतेदेखि महोत्सव गर्ने

पुष्कर खड्का
दैलेख : दैलेखमा २०७९ माघ १९ गतेदेखि माघ २९ गतेसम्म दैलेख पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको हो । राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दैलेखको आयोजनामा हुने महोत्सवमा स्थानीय एव राष्ट्रिय चर्चित कलाकारहरुको  बेजोड प्रस्तुति रहने छ ।

दैलेख धार्मिक पर्यटकिय क्षेत्रहरु भएको जिल्ला भित्र पर्दछ यो क्षेत्रलाई आम दर्शकसामु चिनाउन तथा प्रचारप्रसार गर्ने मूल उद्देश्यका साथ महोत्सव संञ्चालन गर्न लागिएको राष्ट्रिय लोकतथा दोहोरी गीत पतिष्ठान जिल्ला शाखा दैलेखका अध्यक्ष यामराज बिष्टले बताएका छन ।अध्यक्ष बिष्टले ” भने पर्यटकीय धार्मिक , सांस्कृतिक र पुरातात्विक महत्व बोकेको दैलेखका बिभिन्न ठाउँलाई चिनाउनु जरुरी छ ।”

स्थानीय कला , साँस्कृतिक तथा धार्मिक रीतिरिवाज चालचलन पुरातात्विक वस्तुको संरक्षणको लागि पनि यो महोत्सवले ठूलो टेवा पुर्याउने विश्वास गरिएको महोत्सबका संयोजक राजु के.सिले जानकारी दिएका छन ।केसि का अनुसार महोत्सवमा राष्ट्रिय कलाकार देखि स्थानीय कलाकरहरुले प्रस्तुति रहने महोत्सवबाट फाइदा भएको रकम दोहोरी प्रतिष्ठानको जग्गा किन्ने भनिएको छ ।

दैलेखमा अब सञ्चालन हुन लागिएको महोत्सव मा आम दर्शकले मन पराउने बूढा देखि बालकसम्म को गित गाउन सक्ने र प्रदेशमा भएका छोराहरुको लागि उनिहरुकै गित गाउने र दैलेखले खोजेको नयाँ कलाकार ल्याउने महोत्सवका कलाकार संयोजक लोकेन्द्र जि.सि कुमारले बताएका छन ।

महोत्सव विभिन्न खेल्ने सामाग्री तथा उद्घाटनमा विभिन्न झाँकि प्रस्तुत हुने जि.सिले जानकारी दिएका छन ।