आवाज दैलेखद्वारा संकल्प परियोजनाको जानकारीको लागि पत्रकार सम्मेलन

नारायण रिजाल
दैलेख : दैलेख आज आवाजले पत्रकार सम्मेलन गरेर आवाजले संकल्प परियोजनाको अबस्था सार्बजनिक गरेको थियो । संकल्प परियोजना सन २०२० बाट दैलेख र बर्दियामा संचालित छ । बाल बिबाह न्यूनीकरणका लागि संचालित यो परियोजनाले अभियान मुखी भएर काम गरिरहेको छ । यो परियोजनाले बाल बिबाह न्युनिकरण भएको र विद्यालयमा बाल बालिकाको संख्या बढेको र बाल बिबाहबाट प्रभावितको जीवन स्तरमा सुधार भएको प्रस्ट रुपमा देखिन्छ ।

यो परियोजनाले बाल बालिका उद्दार, मनोबिमर्स परामर्श, पारिबारिक परामर्श, मध्यस्तता, आपतकालीन सहयोग , शैक्षिक सहयोग, कानुनी प्रक्रियामा सहयो र कानुनी परामर्श समेत प्रदान गरिरहेको छ । यो परियोजना समुदायमा आधारित भएको हुदा अति बिपन्न परिबार लाभान्वित रहेको छ ।

आवाजमा बाल बिबाह, बहुबिबाह, यौन दुर्व्यवहार र घरेलुहिन्साका घटनाहरु रिपोर्टिङ हुने गरेको पाइएको छ । दुल्लु नगरपालिका र नेपाल प्रहरी, राजनीति दल, समुदायका अगुवाहरुके सहयोग गरेकोले झन प्रभाबकारी रुपले अघि बढेको कुरा परोयोजना प्रमुख चेतन गिरिले बताए ।

दुल्लु जस्तो ठाउमा पत्रकार सम्मेलन गरेर स्थानिय पत्रकारसग यो परियोजनाले हातेमालो गरेकोमा जिल्ला पत्रकार महासंघका सदस्य माधब खनाल माल्दाजुले  झन उर्जा मिलेको र यसरी ८ बर्सपछी सबै स्थानीय पत्रकारसँग भेट गराको र स्थानिय काम बुझ्न अझ सहज गराको कुरा उल्लेख गरेका छन ।

यो परियोजना अन्तरगत समुदा सहयोग सन्यन्त्रको स्थापना समेत गरिएको पाइन्छ । दुल्लुमा बाल बिबाह बिरुद्द ६ वटा बुहारी समुह, ३ वटा युबा समूह, ३ वटा भाइ समूह, ३ वटा निगरानी समूह र एउटा धार्मिक समुहले काम गरिरहेका छन । अझ दुल्लुमा वार्ड बाल अधिकार समिती र बाल क्लबहरु पनि सकृय रहेको कुरा जिल्ला परियोजना संयोजक प्रदिप थापाले जानकारी गराए ।

दुल्लुका बुहारी समुहले लेखेको भित्रेलेखनले बाल बिबाहको बिसयमा राज्यको नै ध्यानाकर्षण गराएको थियो भने यहाको धार्मिक समुहमा दलित धार्मिक गुरुहरु र बाहुन/छेत्रीका धार्मिक गुरुहरु एउटै ठाउमा बसेर अभियानहरु सन्चालन गरेको पाइएको छ । दुल्लुमा हाल सम्म ३ वटा वार्ड्ला दुल्लु नगरपालिकाले बाल बिबाह मुक्त घोषणा गरिसकेको छ ।