पर्यटकीय क्षेत्रको विकासको लागि पहिला आफ्नो ठाउको भ्रमण गरौ

 

विदेशी आहा कति राम्रो भन्दै हाम्रो देशको कुना काप्चा घुमिरहेका हुन्छन् ।

बाहिर पुगेका नेपालीहरुलाई पनि तिमिहरुको देश त कति सुन्दर भन्दै मुक्तकण्ठले प्रशंसा गरिरहेका हुन्छन् ।हामी नेपालीहरु भने नेपालमा अडिन सकेका छैनौं । लर्को लाएर विदेशतिरै झुम्मिरहेका हुन्छौं । विदेशीले जति महिमा गाए पनि यो देशमा सम्भावना केही देख्दैनौं,आखिर किन ?

यो प्रश्नको जवाफ नीति, निर्माण तहमा बस्नेहरुले त दिनैपर्छ नै, कस्तुरीले आफ्नै सुगन्ध थाहा नपाए झैं सुख खोज्न बाहिरतिर भौंतारिने लाखौ नेपालीहरु पनि गम्भीर हुनु जरुरी छ । नेपालमा जति प्राकृतिक सम्पदा र यसको सुन्दरता सायद कमै देशमा होला । तर, हामी यसबाट फाइदा उठाउन सकिरहेका छैनौं । आम्दानी लिन सकेका छैनौं । व्यवसायलाई तीव्र बनाउन सकेका छैनौ । अनि खोज्छौं सधैं सुख र समृद्धि ।

के छैन यहाँ ? अनुपम देश नेपाल र यसका बिशेसताहरू हामीले सानैदेखि पाठ्यक्रममै पढेको हो । भौगोलिक दृष्टिकोणले नेपाल संसारकै सुन्दर र आकर्षक छ । बिश्वको सबैभन्दा ठूलो महादेश एशियाको एक सानो, स्वतन्त्र र सुन्दर देश हो यो ।

हिमालयको काखमा अबस्थित यो देशको वर्णन गर्न कुनै पनि बिदेशीहरू पछि परेका छैनन् । किताब लेखेका छैनन् कि । समाचार बनाएका छैनन् कि । विश्वकै उत्कृष्ट गन्तब्य भनेर प्रचार गरेका छैनन् कि रु उनीहरुले गर्नुपर्ने काम सबै गरेका छन् ।

भौगोलिक सुन्दरताले भरिपूर्ण यो देशलाई चॉदि झैं टल्कने अत्यन्त आकर्षक हिमालयहरू, तीनै हिमालयबाट झर्ना र छॉगो बनाउँदै बगेका मनमोहक नदीहरू हिमालयको तल्लो भागमा रहेका फेदीमा याक, यति चौंरी गाईहरू रमाउँदै हिडेका दृश्यले कसको मन नलोभ्याओस् ।

अझ हरिया जंगल, ती जंगलहरूमा रमाउँदै गाउँदै हिंड्ने रंगी बिरंगी चराचुरूगीहरूले निकालने रमाइलो धुन । वन्यजन्तुका विचरण । यी सबै विश्वलाई थाहै छ ।रमणीयय फेवा ताल ,रूपा ताल ,रारा ताल , तिलिचो ताल आदि तालहरू र बिभिन्न हिमालय कुण्डहरू जस्तै गोशाईं कुण्ड ,भैरब कुण्ड, दूध कुण्ड आदि हिमाली कुण्डहरू सौन्दर्यको गहनाको रूपमा रहेका छन् ।

बिभिन्न किसिमका कलात्मक चित्र कुंदिएका मनमोहक काठमाडौंको बसन्तपुरको दरबार, नारायणहिटी संग्राहालय दरबार, भक्तपुरको पचपन्न झ्याले दरबार तथा पाटन दरबारको साथै गोरखा दरबार आदिले एतिहासिक घटनाहरु झल्काउँछन् । धरोहर हुन् यी सम्पदा । त्यस्तै पशुपतिनाथ, स्वयम्भुनाथ, लुम्बिनी, जनकपुरको जानकी मन्दिर, पाथीभरा माता, कालिन्चोक माता, दोलखा भिमसेन, मनकामना, मुक्तिनाथ, स्वर्गद्वारी आदि अति प्रशिद्ध धार्मिक तीर्थस्थल को वर्णन उत्तिकै छ ।

बिभिन्न देशका मानिसहरू नेपाल भ्रमणमा आउँदा यहाँ पाइने सुन्दर तथा मनमोहक प्राकृतिक धार्मिक तथा सांस्कृतिक बस्तुहरूलाई संसारकै दुर्लभ बस्तुको रूपमा अवलोकन गर्दछन् ।रीतिथीति, चाडपर्व र परम्परामा उस्तै धनी छौ हामी । बिभिन्न जातजाति अनुसार राई लिम्बु, गुरूगं, शेर्पाको लोसार मनाउने गरिन्छ । देशको बिभिन्न भागमा मनाइने धेरै किसिमका स्थानीय चाड पर्वहरूले नेपालको संस्कृतिको प्रतिनिधित्व गरेको हुँदा यी कुराहरूबाट पनि बिदेशीहरू नेपालतिर आकर्षित भएका छन् ।

भरखरै तीज सकियो । फेरी ठूल, ठूला पर्व दशैं, तिहार, छठ, ल्होत्सार आउँदैछन् । के मा कमी छ नेपाल । संस्कृति, रीतिरिवाज परम्परादेखि प्राकृतिक सम्पदा सम्म सबैमा अब्बल छ । विदेशी त्यही भएर ताँती लाग्ने हुन् यता । तर, खै हाम्रो जीवनस्तर माथि उठ्न सकेको रु मिठो खान सँधै चाडबाड नै कुर्नुपर्ने ?

विभिन्न विशेषता बोकेका गौरा पर्व, होली पर्व, इन्द्रजात्रा, गाई जात्रा, मछिन्द्ननाथको रथ जात्रा ९जसमा फ़ोटो पनि देखाउने परम्परा चलिआएको छ ० को आफ्नै महत्व छन् । रथ जात्राकै क्रममा ललितपुर पाटनमा भएको हिसात्मक घट्नाले सबैलाई लज्जा तुल्याएको छ ।

लकडाउनको यो बेला के हामी आफ्नो सीमामा बसेर संस्कृतिको सम्मान गर्न सक्दैनौं रु भीडभाड, उत्तेजना र धरपकड नै गर्नुपर्छ रु यही हो र हाम्रो संस्कृती रु यसतर्फ पनि हामीले ध्यान दिनैपर्छ । धनी भएर पनि गरिब भइरहने, कहिले उभोँ नलाग्ने प्रवृत्ति अब रोक्नैपर्छ ।

नेपाल सुन्दर देश मात्र नभएर बिभिन्न किसिमका खनिज बस्तुहरू प्रशस्त भएको देश पनि हो । जलस्रोतमा त बिश्वमा दोस्रो धनी देशको रूपमा रहेको छ । बनपैदावार पनि कम छैन । बिभिन्न किसिमका जडिबुटीहरूले पनि नेपाललाई बिश्वमा चिनाएको छ ।

यति हुँदाहुँदै पनि दक्ष जनशक्ति हामीले पाइरहेका हुन्नौं । हाम्रा युवा बाहिर जानैमा हौसिन्छन् । सरकारले रोक्न सकेको छैन । रोक्ने वातावरण बनाउन हामीले पनि दिएका छैनौंं कि ?अब यसतर्फ गम्भीर भई कार्यक्रम बनाउन ढिलो भइसक्यो । लामो समय राजनीतिक अस्थिरता भयो । त्यो सकियो । अब अस्थिरता आउन दिनु हुन्न । दुई तिहाईको स्थायी सरकार छ । उसले यी सबै बुझेर देश विकासमा काम गर्न लाग्नुपर्छ । अन्य दलहरु अब आउने चुनावमा प्रतिष्पर्धा गरी मैदानमा उत्रिनुपर्छ ।

त्यसो नगरी राजनीतिक खिचातानी मात्र गरिरहे विदेशी त घुम्न आउनेमात्र हुन्, त्यो पनि शान्तिपूर्ण वातावरण भए, सबै खालको सहजता बने मात्र पर्यटक थुप्रिने हो । देश बनाउन त हामी आफैले पर्छ ।