सचिन परियारलाई ग्रीन सिटी हस्पिटलले नि:शुल्क उपचार गरिदिने

निराज रानाभाट
काठमाडौं :` के छ हजुर भन्दा ठिक छ हजुर ´ भनेर चर्चामा आएका भाइरल बाल कलाकार सचिन परियारलाई राजधानी काठमाडौंको बसुन्धारास्थित ग्रीन सिटी हस्पिटलले नि:शुल्क उपचार गरिदिने भएको छ ।

काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालको अाईसियूमा उपचार भै रहेको परियारकाे पुस ०८ गते , शनिबार , उनको परिवार र हस्पिटलसँग सल्लाह गरेर ग्रीन सिटी हस्पिटलमा लैजान भनिएको छ ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई राजधानी काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो ।

बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन ।