भरतपुर सेन्ट्रल हस्पिटल र पृथ्वी राजमार्ग बस संचालन कम्पनी प्रा.लि. बीच संझौता

निराज रानाभाट
चितवन : चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि. र पृथ्वी राजमार्ग बस संचालन कम्पनी प्रा.लि. बीच संझौता भएको छ । यातायात सेवा संचालन गर्दा हुने दुर्घटनाका घाइते तथा अन्य बिरामीहरुको प्रभावकारी औषधि उपचार सुविधा लिने दिने सम्वन्धमा पुस ६ गते , बुधबार (आज ) हस्पिटलमा सम्झौता भएको हो ।

भरतपुर सेन्ट्रल हस्पिटलका कार्यकारी निर्देशक शोभाखर घिमिरे र पृथ्वी राजमार्ग बस संचालन कम्पनी प्रालिका क्षेत्रीय संयोजक कृष्णप्रसाद खनाल बीच संझौता भएको हो । यो संझौता आगामी वि.सं. २०८१ साल असार मसान्त सम्मको लागि रहेको छ ।

भरतपुर सेन्ट्रल हस्पिटलले २४ सैं घण्टा सघन उपचार ( आई. सि. यु ) सहितको सेवा बिरामीहरुलाई दिदै आएको छ ।