बच्चालाई जिम्मेवार हुन कसरी सिकाउने ? :  अनुशा अर्याल

 

जिम्मेवार हुनु आफैमा चुनौतीपूर्ण छ । अरुलाई जिम्मेवार हुनु पर्छ भनेर सिकाए पनि हामी आफै बेला—बेलामा आफनो जिम्मेवारी बाट पन्छिने गरछौ । जिम्मेवारी लिनलाई बच्चा बेलादेखीनै सिकाइनु अत्ति आवश्यक छ । जब बच्चा स्कुल जाने उमेरका हुन्छन् , उनिहरु शाररिक र मानसिक दुवै रुपले केही मात्रामा जिम्मेवारी लिन संक्षम हुन्छन् ।

जिम्मेवार बनाउने भन्दैमा बच्चालाई उसको परिपक्कताले नभ्याउने खालको जिम्मेवारी दिनु हुदैन । बच्चालाई थप जिम्मेवार बनाउनलाई उसले गरेको सानो प्रयासको  प्रशंसा गरिनु पर्छ । अभिभावको प्रयास बच्चालाई जहिलै सकरात्मक व्यवहार प्रोत्साहन गर्न तिर केन्द्रित हुनु पर्छ ।

जिम्मेवारी दिँँदै जाँदा बच्चाको उमेर अनि क्षमताकोे ख्याल गर्न पनि उतिकै  जरुरी छ । बच्चाले जिम्मेवारी पहिले आफनो घरबाट सिकने गर्छन , स्कुल बाट पनि धयै र अनुशसनमा बस्न सिक्छन् । यसका लागि बेलाबेलामा विधालय गएर आफनो बच्चाको प्रगति बारे बुझन पनि उतिकै आवश्यक छ । बच्चालाई स्वतन्त्र रूपले अगि बढ्न  दिनुपर्छ , आफनो विचार उनिहरुमा लागुु गराउने , जतिखेर पनि उनिहरुको पछाडि दौडिनाले उनिहरुमा दिक्कता , जिद्दिपन , अरुमा निर्भर हुने र अभिभावको अगाडि मात्र राम्रो व्यवहार देखाउने गर्छन ।

आफनो छोराछोरी जिम्मेवार भएको देख्ने सबै बावुआमाको चाहाना हुन्छ । बच्चाहरुले बाबुआमाले भनेको भन्दा जे गरे त्यही सिक्ने हुनाले अभिभावक आफैमा जिम्मेवार हुन जरुरी छ त्यसैले बच्चलाई झगडा, डर , धुम्रपान आफ्नो निजी समस्या बाट टाढा राख्न जरुरी छ । बच्चाको गल्तीलाई गल्ती भन्दानी प्रयासको नजरले हेरिनु पर्छ । जिम्मेवार हुनका लागी बच्चालाई कुनै पनि सामान किन्निदिन्छु भनेर प्रलोभन देखाउनाले उनीहरुमा नकरात्मक विचारले ठाउँ लिने र्गछ । त्यसैले बच्चालाई हुदैन  , नराम्रो जस्तो नकरात्मक शब्द र बच्चाले गरेको गलतीलाई घचघचाई रहनु हुदैन ।

अभिभवकको व्यवहारले बच्चाको विकासमा धेरै असर पर्ने गर्छ । अहिलेका धेरै जसो अभिभावकहरु आफ्नो निजि जीवनमा निकै व्यस्त हुन्छन् , जसले गर्दा बालबालिकाहरु भवनात्मक रुपमा टाढिन्छन् र अभिभावकहरुलाई पनि आफ्नो छोराछोरी कुन समस्यामा छन् भन्ने थाहा पाउँन नि गाह्रो हुने गर्छ । अभिभावकले बच्चाहरुलाई बढ्दो उमेर संगै आउँने परिर्वतन बुझाउने , सुरक्षित र असुरक्षित छुवाई इत्यादी बढ्दो उमेर सँग बुझाउनु बुद्धिमानी अभिभावक्तो हो ।

हामीलाई हाम्रा अभिभावकले जसरी हुर्काए , हामी आफ्नो छोराछोरीलाई त्यही तरिकाले हुर्काउन खोज्छौं ,जुन कतिपय कुराहरु बदलियो समय सँग बदल्न जरुरी छ । छोराछोरीले सोधेका प्रत्येक जिज्ञासामा हो र होईन मात्र नभएर स्पष्ट तरिकाले सहभागिता जनाउनु पर्छ । केटाकेटीलाई जे कुरामा पनि हुँदैन भनेर आफु प्रति नकारात्मक बनाउनुभन्दा के गर्दा हुदैन र के गर्दा हुन्छ भनेर स्पष्ट तरिकाले भन्नु पर्छ ।

छोराछोरीलाई कुन कुरालाई लिएर कस्तो महसुस हुन्छ निर्धक्क भएर भन्न दिनु पर्छ । उनीहरुको तर्क सुनि दिने , महत्व राखिदिने गर्नपर्छ । धरै जस्तो अभिभावकहरु आफ्नो छोराछोरीहरुको सानो सानो कुराम। पनि निर्णय लिदिने, अरु बच्चाहरु संग दाँज्ने गर्छन् जुन एकदम गलत हो । त्यसैले अभिभावकले आफ्ना बालबालिकाहरुलाई प्रसंसा धेरै र आलोचना कम गदर्जै लैजानु पर्छ । बालबालिकाहरुलाई कस्तो संस्कारमा हुर्काउने भन्ने सबै भन्दा ठूलो हात अभिभावककै हुन्छ, जसरी एउटा इमान्दारितामा हुर्केको बच्चा आफ्नो जिम्मेवारी निभाउन पछि हट्दैन ।

बच्चालाई थप जिम्मेवार बनाउने केही उपायहरु :

  •  बच्चाको उमेर र क्षमता अनुसारको जिम्मेवारी दिँदै जाने जस्तै आफनो बोत्तलको पानि आफै भर्न दिने , ड्रेस  आफै लगाउन दिने , बच्चालाई आफनो खाना आफै खाँन सिकाउने इत्यादी
  •  बच्चालाई थप जिम्मेवार बनाउनलाई उसले गरेको सानो प्रयासको  प्रशंसा गरिनु पर्छ ।
  • बच्चालाई आफनो सर -सामानको सुरक्षा आफै गर्न लगाउने ।
  • बच्चा कहिले काहिँ भान्सामा जाँदा उसलाई उसले गर्न सक्ने काम दिने जस्तै मटरकोसा छोडाउन , बडारन इत्यादी
  •  जिम्मेवारी दिँँदै जाँदा बच्चाको उमेर अनि क्षमताकोे ख्याल गर्न पनि उतिmकै जरुरी छ ।
  • बच्चाको अगाडि कसैको पनि गल्त टिपणी नगर्ने ।
  •  बच्चाको अगाडि उसको तुलना कसैसँग नगर्ने ।
  • बच्चालाई के गर्दा के हुन्छ भनेर राम्रो सँग सम्झाई बुझाई गर्नु पर्छ जस्तै नाङ्गो तार छँदा करेन्ट लाग्छ इत्यादी
  •  बच्चाको गल्तीलाई गल्ती भन्दानी प्रयासको नजरले हेरिनु पर्छ ।
  •  जिम्मेवार हुनका लागी बच्चालाई कुनै पनि सामान किन्निदिन्छु भनेर प्रलोभन देखाउनाले , उनीहरुमा नकरात्मक विचारले ठाउँ लिने गर्छ ।
  • सकारात्मक शब्द प्रयोग गर्ने गरौं जस्तै तिमी राम्रो काम गरि रहेका छौं, स्याबास, म तिमिलाई के सहयोग गर्न सक्छु , मलाई तिमि प्रति गर्ब छ जसता सकारात्मक शब्दले बालबालिकाको मस्तिष्क र अन्य सकारात्मक व्यवहार र विकासमा राम्रो प्रभाव परोस ।

 

 

(लेखिकाले जनचेतनाका लागि कलम चलाउदै आएकी  छिन् , उनी एक सामाजिक/बााल अभियन्ता हुन् ।)