बेलबारी : लोक तथा राष्ट्रिय नृत्य प्रतियोगिताको उपाधि हिमाली इङ्लिस र गुरुकुललाई

  बेलबारी : राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) सुन्दरहरैँचा र बेलबारीको आयोजनामा भएको लोक तथा राष्ट्रिय नृत्य प्रतियोगिताको उपाधि सुन्दरहरैँचाका विद्यालयतर्फ हिमाली सेकेण्डरी स्कुल विराटचोक र बेलबारीतर्फको उपाधि गुरुकुल पाठशाला बेलबारीले जितेको छ ।

प्रतियोगितामा सुन्दरवाटिका एकेडेमी गोठगाउँ दोस्रो, रेसनल एकेडेमी सलकपुर तेस्रो भएको छ । त्यस्तै सगरमाथा हिमाल दर्शन स्कुल बेलगाछी र कालीदेवी इङ्लिस स्कुल विराटचोकले सान्त्वना स्थान हात पारेका छन् ।

बेलबारीका विद्यालयबीच भएको प्रतियोगितामा डेल्टा इङ्लिस स्कुल दोस्रो र मोरङ ज्ञानोदय तेस्रो भएका छन् ।जुनियरतर्फ भने मोरङ ज्ञानोदय पहिलो, गुरुकुल पाठशाला दोस्रो, डेल्टा इङ्लिस स्कुल तेस्रो र मोरङ चिनारीले सान्त्वना पुरस्कार हात पारेका छन् ।

सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा विजयी विद्यालयलाई ट्रफी र प्रमाणपत्र तथा सहभागी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

विभिन्न ३ विधामा नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । सुन्दरहरैंचाका ७ वटा विद्यालय तथा बेलबारी जुनियरतर्फ ४ र सिनियरतर्फ ३ विद्यालयले प्रतियोगितामा भाग लिएको एन प्याब्सन बेलबारीका अध्यक्ष कुमार खुलालले जानकारी दिएका छन् ।