
काठमाडौं : विगत २१ वर्षदेखि सौंन्दर्य क्षेत्रमा क्रियाशील तथा सिटिईभिटीबाट मान्यता प्राप्त संस्था जुम ब्युटी एकेडेमीले सौन्दर्यका विविध विषयमा ट्रेनिङ प्याकेज तथा सेवाहरु प्रदान गर्दै आएको छ ।
विगतका दिनहरुमा राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका सेमिनार तथा अन्य कार्यक्रमहरुको आयोजना गर्दै आएको जुम ब्युटी एकेडेमीले यहि डिसेम्बर २४ अर्थात् पुष ९ गते शनिबारका दिन ग्राण्ड ब्यूटि सेमिनारको आयोजना गर्न लागेको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित ईन्द्रेणी ब्याङ्क्वेटमा आयोजना हुने सेमिनारमा बैङ्ककबाट आमन्त्रित बायोटच इन्टरनेशनल एकेडेमीकी कार्यकारी अध्यक्ष एवं प्रशिक्षक टिडा विवाट्टडा र प्रशिक्षक निरिन फान्यालिनको उपस्थिती रहने छ । उक्त विज्ञहरुले जापान, फिलिपिन्स, भारत, भियतनाम लगायतका विश्वका अन्य मुलुकहरुमा समेत कक्षा तथा सेमिनार संचालन गरिसकेका छन् ।
एक दिने ग्राण्ड ब्यूटि सेमिनारमा हलिउड शिमर आइब्रो, आइस लिप्स कन्टूरिङ, स्क्याल्प माइक्रो पिग्मेन्टेसन, हलिउड आइब्रो ल्यामिनेशन, आइब्रो म्यापिङ प्रविधि लगायतका ५ प्रविधिहरुका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिने छ । दिनैभर संचालन हुने सेमिनारबाट पर्मानेन्ट मेकअपको महत्व, नेपालमा पर्मानेन्ट मेकअपको सम्भावना के छ, यसबाट के कस्तो व्यवसायिक फाइदा लिन सकिन्छ, यसैमा कसरी करियर बनाउन सकिन्छ र कसरी आफ्नो लगानी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी हासिल गर्न सकिनेछ ।
कुपण्डोल, कलंकी, बालाजु, गोंगबु, चाबहिल चुच्चेपाटी, बनेपा, तिनकुने, ग्वार्को, भक्तपुर लगायतका १० शाखाहरु मध्ये पायक पर्ने कुनै पनि शाखामा गई टिकट खरिद गर्न सकिने तथा डिजिटल टिकटको पनि सुविधा रहेको छ । प्रतिव्यक्ति २ हजार ५ सय (खाना, सर्टिफिकेट सहित) तोकिएको टिकट ईसेवा अथवा मोबाईल बैंकिङ मार्फत् सहजै बुक गर्न सकिनेछ ।
यसका साथै पौष ४ देखि ७ गतेसम्म पिएमयु(पर्मानेन्ट मेकअप) को कक्षा संचालन हुनेछ भने पौष १० गते आईतबार स्पेशल वाटर शाइन कभर गरिएको बीबी ग्लो फेसियल क्लास संचालन हुनेछ । यी कक्षाहरुको पनि अनलाइन मार्फत् बुकिङ गर्न सकिनेछ ।
४ दिनसम्म संचालन हुने पर्मानेन्ट मेकअप क्लासमा शिमरिङ ब्राउज, डार्क लिप टोन अप, ल्याश एक्सटेन्सन, हलिउड लाइनर, क्यामोफ्लाज, कम्बो ब्राउज, करेक्शन, ओम्ब्रे ब्राउज, माइक्रोब्लेडिङ, लिप ब्लसिङ लगायतका विषयमा प्रशिक्षार्थीले विस्तृत रुपमा अध्ययन गर्न सक्नेछन् । प्रशिक्षार्थीले ईन्टरनेशनल ब्यूटि एण्ड बडी आर्ट ट्रेनिङ सेन्टर र बायो टच ब्यूटि एकेडेमी युएसबि को सर्टिफिकेट सहित बिजनेस किट पनि प्राप्त गर्नेछन् ।
यसैगरी पौष १० गते संचालन हुने स्पेशल वाटर शाइन कभर गरिएको बीबी ग्लो फेसियल क्लास मा छाला संरचनाको सिद्धान्त, फेसियल मसाज प्रविधि र अकुप्रेसर, अधिकतम दक्षताका लागि सफाई उत्पादनहरुको प्रयोग गर्ने तरिका, अनुहारका प्रकार तथा विशेषताहरु,बीबी ग्लो उत्पादन तथा प्रविधिका बारे जानकारी, ब्लसिङ प्रविधि, कन्ट्रोल गर्ने तरिका, फरक फरक त्वचाका लागि अपनाउनुपर्ने प्रविधि र सावधानी तथा हेरचाहका बारेमा विस्तृत रुपमा प्रशिक्षण प्रदान गरिनेछ । प्रशिक्षार्थीले ईन्टरनेशनल ब्यूटि एण्ड बडी आर्ट ट्रेनिङ सेन्टर कन्ट्रोल र लिन ब्यूटि कोरिया बाट सर्टिफिकेट सहित बिजनेस किट प्राप्त गर्नेछन् ।
सेमिनार तथा कक्षामा महिला पुरुष दुबैले सहभागिता जनाउन सक्नेछन् । अन्र्तराष्ट्रिय ब्राण्डका उत्पादन तथा प्रविधिको बारेमा जानकारी तथा प्रशिक्षण दिई स्वदेश तथा विदेशमा नेपालीहरु आत्मनिर्भर बनि अन्र्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास गर्नु सेमिनार तथा कक्षाको मूल उद्देश्य हो । ब्यूटिसियन, डाक्टर, नर्स, ट्याटु आर्टिष्ट, एःग् आर्टिष्ट अथवा कुनै पनि पेशा, व्यवसायका व्यक्ति तथा यस क्षेत्रमा पूर्णरुपमा नयाँ व्यक्तिहरुले समेत कक्षा तथा सेमिनारमा सहभागी हुन सक्नेछन् ।
