बझाङ र मुगुमा नेपाला बिद्यार्थी संघद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

वेनी बुढा ,मुगु /सिता खड्का, बझाङ

काठमाडौ :प्रतिनीधि सभा (संसद) विघटनको बिरोधमा नेपाली काँग्रेस केन्द्रको बिद्यार्थी संगठन ने वि संघ मुगुले सोमबार साँझ प्रदर्शन सहित मुगुको कृष्णचोकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका छन ।

प्रधानमन्त्रीले जेठ ८ गते असंबैधानिक रुपले संसद विघटन गरी जनता कोरोना महामारीबाट ग्रसित भएको बेला मध्यावधि निर्वाचन गर्ने जस्तो संसदीय मुल्य, मान्यता, लाई राष्ट्रपतिको मिलिमतोमा संसदिय व्यवस्थालाई नै चुनैति दिने कार्यभएको बताउदैं संसद पुनस्र्थापनाको माग गर्दै राट्रपतिको र प्रधानमन्त्रीको पुत्ला जलाईएको नेपाली काँग्रेस केन्द्रको बिद्यार्थी संगठन ने.बि संघ मुगुले जनाएको छ।

त्यसैगरी हाम्रा बझाङ संवाददाता सिता खडकाका अनुसार नेपाल विद्यार्थीसंघ बझाङले पनि राके जुलुस सहित राष्टपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेकाछन ।