

अर्घाखाँची :अर्घाखाँचीमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय बुबालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई बलात्कार गरेको सूचनाको आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै बाँकेमा आफ्नै भाइ गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबारराति कुटपिट गर्दा घाइते भई घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले दाजुलाई पक्राउ गरी
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
