अखिल क्रान्तिकारीद्वारा बुटवलमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

दिपेश राज नेपाल

बुटवल:प्रतिनीधि सभा (संसद)विघटनको बिरोधमा माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले सोमबार साँझ प्रदर्शन सहित बुटवलको ट्राफिकचोकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका छन ।

प्रधानमन्त्रीले जेठ ८ गते असंबैधानिक रुपले संसद विघटन गरी जनता कोरोना महामारीबाट ग्रसित भएको बेला मध्यावधि निर्वाचन गर्ने जस्तो संसदीय मुल्य, मान्यतालाई राष्ट्रपतिको मिलिमतोमा संसदिय व्यवस्थालाई नै चुनैति दिने कार्य भएको बताउदैं संसद पुनस्र्थापनाको माग गर्दै राट्रपतिको र प्रधानमन्त्रीको पुत्ला जलाईएको अनेरास्ववियू क्रान्तिकारीका जिल्ला संयोजक विष्णु खत्रीले जानकारी गराए ।

अखिल क्रान्तिकारी रुपन्देहीका जिल्ला संयोजक बिष्णु खत्री, जिल्ला ईञ्चार्ज रुपेश पौडेल, पूर्व जिल्ला संयोजक सपन पौडेलको नेतृत्वमा भएको प्रर्दशनका क्रममा राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध चर्को नारावाजी समेत भएको थियो ।