कथा :पहेलो ज्याकेट

भाग एक

बिकल्प  अव यो सम्बन्धलाइ अगाडी बढाउनमा कुनै बाहाना बाँकी रहेन अव। कुनै ठोस् कारण छैन। न तिम्रो जागिर छ, न त अन्य कुरामा व्यस्त नै छौ तर पनि तिम्ले मेरो लागि समय निकाल्न सकेनौ। मैले तिमीसङ्ग, पैसा मागेको छैन, यो गिफ्ट देउ, त्यो गिफ्ट देउ भनेको छैन केवल यति नै मागेको हो थोरै समय देउ मलार्र्इ। म सङ्ग बोल। सन्चो बिसन्चो सोध तर नाइ तिमीसङ त्यो पनि छैन। तिमी व्यस्त नहुँदा त यति व्यस्त हुन्छ, समय छैन मेरो लागि झन् साँच्चिकै व्यस्त हुन थाल्यो भने तिमी बिर्सिन्छौ मलाइ। त्यसैले बरु तिम्रो जिन्दगीमा धेरै रहेर चप्पल धुलो सरह झरेर जानु भन्दा समयमै बुद्धि पुर्याएर इज्जतले निस्किन्छु। ओके गुड बाइ। आफ्नो ख्याल राख्नु

मेरो फोनमा म्यासेजको घन्टि बज्यो।

म्यासेज हेरे, मलाइ शङ्केत थियो फेरि एकपटक मेरो दिल तोडिएको। फेरि एकपटक यो दुइ शब्दमा अलङ्कार लुकेको छ, ठुलो अनि गहिरो अलङ्कार।

उमेरले १९ टेक्दा अनि कक्षाले १२ सकिरहँदा करिब ३१ पटक त सायद दिल तोडिइ सकेको थियो होला।

एउटा लक्काजवान भर्खर टिनएज पार गर्ने तर्खरमा रहेको केटाको दिल पो हो त कुनै सँस्कारी केटीको कुमारीपन थोडि न हो जसलाइ तोडिन गहिरो प्रेम नै बस्नु पर्छ। यार एउटा गरिबको झुपडीलाइ भत्काउन ठुलो हुरीबतासको आवश्यक नै छैन, सानो हावाको झोका नै काफि हुन्छ।

जिन्दगी यसरी गुज्रिरहेको थियो। हरेक दोश्रो दिन कुनै केटीमा दिल बस्थ्यो अनि हरेक चौँथो प्रहर त्यो केटीको सच्याइले दिल तोडिन्थ्यो। ३०औँ दिल टुट्ने प्रकृया पछि मुस्किलले एउटि केटी पट्याएको थिए। मेरो छिमेकी कलेजमा ११ म पढ्थि। चिनेको साथीहरूको मद्धतले गर्दा पट्याउन सकेको थिए। सुरु सुरुमा त मज्जै आइरहेको थियो। म्यासेज छिटो गर्दा हाउ सो क्यारिङ भन्दै खुशी हुन्थि, तारिफ गर्थि। अनि कुनै बेला ढिलो म्यासेज गर्यो भने कता विजि मेरो बाबु भन्दै मायाले नै व्यवहार गर्थि। तर बिस्तारै आदत फेरिदै गयो, बिस्तारै म्यासेज ढिलो गर्दा रिसाउने झर्किने गर्न थाली। खासै व्यस्त त म हुन्न थिए तर पनि म्यासेज गर्न सुरुसुरुको जस्तो रमाइलो नहुने त्यसैले म्यासेज नै गर्दिन थिए। चलिरहेकै थियो, अव एक्दिन त वाक्क लागेछ क्यार ( ब्रेकप म्यासेज पठाइ। मलाइ म्यासेज गर्न यति झ्याउ लाग्ने कि ( उसले ब्रेकप म्यासेज पठाउँदा सम्म मैले कुनै रिप्लाइ नै गरिन। कहानी त्यहि खत्तम भयो।

कक्षा बाह्रको अन्त्य अन्त्यतिरको समय थियो। अव परिक्षा आउनको लागि यस्तै एक महिना जति बाँकि थियो। पढाइ धमाधम थ्यो, एकाउन्ट र म्याथको ट्युसन सकेर पनि अब रिभिजनतिर धमाधम लागिदै थियो। परिक्षाको लागि यति मेहेनत गरिएको थियो कि राम्रो अङ्क ल्याउने फिक्स निर्णय भैसकेको थियो। तर सबै मेहेनत परिश्रमलाइ बेकार साबित गर्दै देशमा एक लकडाउन घोषणा भयो, एक हप्ताको लागि।

लागेको थियो एक हप्ता पछि त खुल्छ केहि छैन पढ्नुपर्छ। तर नाइ फेरि अर्को हप्ता थपियो। यस्तो यस्तो हुँदै एकदिन देशमा अनिश्चित कालको लागि लकडाउन ठप्प लाग्यो। स्कुल, कलेज, सार्वजनिक स्थल ठ्याप्पै बन्द।

घरमा, गाउँमा आएर बसियो।

लकडाउनको दिनहरु, किताब पढेर, फोन चलाएर फिल्म हेरेर अनि केहि लेखेरै बित्यो।

करिब दशैँको आसपासमा पुगेपछि लकडाउन खुल्यो साथमा मन्ङ्गसिर ८ गते परिक्षा हुने कुरा भयो। अब परिक्षा कस्तो भयो कसरी भयो भन्ने कुरा म खुलाउन चाहन्न, न म लेख्न सक्छु न तपाइहरुले पढ्न सक्नुहुन्छ।

परिक्षा सकिएपछि के गर्ने त भन्दा एक्जना बर्दान भन्ने साथीले सल्लाह दियो ( बिर्तामोडमा मेरो अङ्कलको जब एजेन्सी छ। त्यहा बाट कुनै ठुटेमुटे जब गर्दै गरुँ पछि रिजल्ट आए पछि बिर्तामोडमै बसेर स्नातकोत्तर पढ्नु पर्छ।

सल्लाह ठिकै लाग्यो।

अङ्कललाइ गएर भेट्यौँ, साथीको अङ्कल भएकोले त्यहि दिन नै जागिर मिलाइदिन्छु भन्नुभयो र दुवैजनालाइ बिर्तामोडको हनुमान सेन्ट्रलमा अवस्थित पुर्वञ्चल बेकरी लिएर जानुभयो कुरा गर्न।

हामी गयौँ, कुरा गर्यौँ, जब फिक्स भयो।

अनि फर्कने क्रममा, ठ्याक्कै यता ओल्लोपट्टि ब्याग पसलमा आँखा पर्न गयो। कति राम्रा राम्रा ब्यागहरु झुन्ड्याइएका थिए, वाह।

तिनै ब्यागहरुको भिडमा मेरा आँखाहरु एउटा पहेलो ज्याकेटमा पर्न गयो, जसलाइ लगाएर एक मेरै उमेरको एक जना महिला थिइन्। पक्का पनि सायद त्यहाको स्टाफ हुनुपर्छ। औँधि राम्री थिइन्, सुन्दर थिइन्, आकर्षक थिइन्, हेरिरहुँ लाग्ने, देखिरहुँ लाग्ने।

घाटिमा पहेलो रङ्गको पछ्यौरि बेरेकि थिइन्। जुन अहिले म सङ्ग छ।

उनि एकदम आकर्षक, एकदम सुन्दर, हेरे पछि नजर अन्त्यै डुलाउनै मन नलाग्ने।

म एकोहोरिएछु। बर्दानले झस्क्यायो ( मुला के भयो ? कहा टोलाएको ?

मैले हल्का मुस्कुराए केहि भनिन अनि अगाडी बढ्दै मनमा सोचिरहे ( यार अव त काम गर्नै पर्छ। पैसा त छँदैछ अव त यो पहेलो ज्याकेटवालिको लागि भए पनि काम त गर्नै पर्छ।

थाहा थिएन यो कस्तो दस्तक थियो दिलमा, फेरि तोडिने शङ्केत थियो या फेरि यो पटक जोडिने सङ्केत थियो। कि त तेस्रो बिकल्प राखौँ न त यो पटक ( यति धेरै पटक दिल तोडिएर पनि फेरि जोडिन खोज्छ भने कतै ( दिल टुक्रा टुक्रा भएर तोडिने शङ्केत त थिएन नि ………..

(धाराबाहिक प्रकाशित हुने यस कथाको अर्को भाग २पढन नविर्सनुहोला हरेक सोमबार ठिक यहि समयमा )