बाजुरामा कांग्रेसका बद्री पाण्डे अघि

काठमाडौं : एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन्। पाण्डे ४ हजार २ सय १४ मतसहित अघि छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा पछि परेका छन्। थापाले ३ हजार ६६ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले २१ र जनसमाजवादी पार्टी नेपालका उम्मेदवार रामबहादुर शाहीले ११ मत ल्याएका छन्। यहाँ मतगणना जारी छ।