छ पटकका ब्याडमिन्टन राष्ट्रिय च्याम्पियन सिंहको निधन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्-राखेपका पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएको बेला संह राखेप सदस्य सचिव थिए । उनी नेपाली ब्याडमिन्टनका सर्वाधिक राष्ट्रिय च्याम्पियन हुन् । उनी ६ पटक राष्ट्रिय च्याम्पियन बनेका थिए ।