स्याङ्जा र बाजुरामा सत्तापक्षको सेटिङलाई निर्वाचन आयोगले वैधता प्रदान गर्यो : महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् । स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’ आयोग पुन मतदान गर्न अस्विकार गरेसँगै यी दुई जिल्लामा मतगणना सुरु भएको छ ।