सिटिईभिटीमा तालाबन्दी गर्ने नेविसंघको चेतावनी

निराज रानाभाट
धनुषा : नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै पूरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी दिएको छ । संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिले एक प्रेश विज्ञप्ती जारी गर्दै विभिन्न ५ सुत्रिय माग गरेको छ ।

मेडिकल ईन्सिटीच्युट लाहानको नर्सिङ्ग कार्यक्रममा वर्गिकृत छात्रवृतीमा खाली भएको सिटमा भर्ना निर्देशिका अनुसार अर्को बैकल्पिक विद्यार्थीहरुलाई समेत सिफारिस गर्नुपर्ने , प्रवेश परिक्षा २०७९ बाट सिफारिस भई विभिन्न शिक्षालयमा नियम पुर्वक भर्ना भएको विद्यार्थीहरुको नाम सार्वजानिक गर्नुपर्ने सहितका ५ सुत्रिय माग उनीहरुले गरेको छ ।

माग पूरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी समेत दिइएको संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिका संयोजक ईन्द्रजित गोइतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ज्ञापन – पत्र सिटिईभिटी मधेश प्रदेशका प्रमुख नागेन्द्र साहलाई समेत बुझाइएको छ ।