तनहुँमा २९ हजार भन्दा बढी मत बदर

तनहुँ : प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा तनहुँमा २९ हजारभन्दा बढी मत बदर भएको छ। जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचनका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी २९ हजार १ सय २७ मत बदर भएको हो।

प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १३ हजार १ सय २१ मत बदर भएको छ भने प्रदेश सभामा १६ हजार ६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका सूचना अधिकारी दुर्गा माया आलेले जानकारी दिइन। तनहुँमा दुई प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ। क्षेत्र नं १ मा प्रत्यक्षतर्फको प्रतिनिधि सभामा ६.४२ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेश सभा (क)मा ४.४२ प्रतिशत र (ख) मा ४.४२ प्रतिशत मत बदर भएको छ।

क्षेत्र नं २ मा बदर भएको छ। प्रतिनिधि सभातर्फ ५.५७ प्रतिशत मत बदर हुँदा प्रदेश सभा (क) मा ४.५१ प्रतिशत र (ख) मा ३.५० प्रतिशत मत बदर भएको छ। यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फ क्षेत्र नं १ मा ५.५७प्रतिशत, क्षेत्र नं २ मा ५.२२ प्रतिशत बदर भएको छ।

जिल्लामा कुल मतदाता दुई लाख ४८ हजार ४ सय ९५ रहेकामा एक लाख ३४ हजार ५ सय ३४ मत खसेको थियो। जिल्लामा ५४.१४ प्रतिशत मत खसेको सूचना अधिकारी आलेले बताइन्।