उदयपुरमा पुनः मतगणना शुरु

विवश गौतम
विराटनगर : उदयपुर क्षेत्र नम्बर १ को रोकिएको मतगणना पुनः सुरु भएको छ । निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उक्त क्षेत्रको गत शनिबार बिहान मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको थियो। नेकपा एमालेसहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो । यहाँ ६३ हजार ८० मत गणना गरिसकिएको छ।