रूपन्देहीका चर्चित उद्योगी शतिसचन्द्र कसौंधनको निधन

बुटवल :रुपन्देहीका उद्योगी सतिशचन्द्र कसौधनको निधन भएको छ । नेपालको पहिलो सावुन उद्योगका सन्चालक समेत रहेका उद्योगी काठमाडौंको ससस्त्र प्रहरी अस्पतालमा निधन भएको हो ।

कसौधनको कोभिड संक्रमणका कारण गम्भीर भएपछि काठमाडौंमा उपचार भई रहेको थियो।कोरोना पोजेटीभ आईसकेपनि फोक्सोमा निमोनियाको संक्रमण देखिएपछी कसौधन अस्पतालमै उपचार गरिएको थियो ।

दुईसाता भेन्टिल्टरको सहायतामा उपचार गरिएका कसौधनको स्थितीमा सुधार भएपछी आईसियु हुदै जनरल वार्डमा सारिएको थियो । कसौधनलाई दुईदिन अघि पुनःस्वास प्रस्वासमा समस्या भएपछी भेन्टिलेटरको सहायतामा उपचार गरिएकोमा उनको आज अपरान्ह निधन भएको पारीवारिक श्रोतले बताएको छ ।

रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष कसौधनका एक श्रीमती २ छोरा छन । कशौधन रुपन्देही उद्योग संघका अध्यक्ष परिषदका अध्यक्ष थिए।