विश्वकपः साउदीअरब पेनाल्टीमा चुक्दा पहिलो हाफमा पोल्यान्ड १–० ले अगाडि

काठमाडौं : कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा साउदी अरबविरुद्ध पहिलो हाफमा पोल्यान्डले १–० गोलको अग्रता लिएको छ ।

एजुकेसन सिटी पार्क स्टेडिएममा जारी खेलको ३९औं मिनेटमा पिओटर जेलिन्सकीको गोलमो पोल्यान्डले अग्रता लिएको थियो । साउदीअरबले इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल फर्काउने अवसर खेर फालेको थियो । पोल्यान्डका मिडफिल्डर क्रिस्टियन बेइलिकले बक्सभित्र साउदीका स्ट्राइकर सली अलसेहेरीलाई फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

सालिम अलदावासरीले हानेको पेनाल्टी पोनल्यान्डका गालकिपरले उत्कृष्ट बचाउ गरेसँगै साउदी बराबरी गोल गर्नबाट चुकेको हो । आजको खेल जिते साउदीअरब एक खेल अगावै अन्तिम १६ मा प्रवेश गर्नेछ । पहिलो खेलमा साउदीअरबले अर्जेन्टीनालाई २–१ गोलको नतिजामा पराजित गरेको थियो । यस्तै, पोल्यान्ड र म्याक्सिकोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।