बाजुरामा रोकिएको मतदान शान्तिपूर्ण सम्पन्न, ५९७ मत खस्यो

डाेटी : बाजुराको बुढीनन्दा नगरपालिका-५ मा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेको बताए । ४ मंसिरमा मतदना सुरु भएको केही समयमै नेपाली कांग्रेस र एमाले कार्यकर्ताहरूबीच झड्प हुँदा मतदान स्थगित भएकाे थियाे । साे दिन २८ मत मात्रै खसेकाे थियाे ।