तेस्रो प्रयासमा गणेश उप्रेती संसद पुग्न सफल

विवश गौतम 
 मोरङ्ग : नेकपा ( माओवादी केन्द्र ) प्रदेश १ का सचिव गणेश उप्रेती माेरङकाे क्षेत्र नंः २(क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धि एमालेका दान बहादुर कार्कीलाई ३५५ मतान्तरले पछि पार्दै उप्रेतिल प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी १५ हजार ३३ मतले विजय भएका हुन् भने एमालेका कार्कीले १४ हजार ६७८ मत पाए ।

तेस्रो प्रयासमा प्रदेश सांसद बन्न सफल भएका उप्रेती २०७० मा संविधानसभामा र २०७४ मा प्रदेशसभाकाे निर्वाचनमा पराजित भएका थिए । यो विजयद्वारा उप्रेतीले प्रदेशसभामा संसदको ढोका खोल्न सफल भएका छन् ।