संखुवासभामा कांग्रेसका दीपक खड्का विजयी

 

काठमाडौं: संखुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई हराएका हुन्।

दीपकले ३२ हजार १ सय ५८ मत ल्याए भने राजेन्द्रप्रसादले २६ हजार ७ सय १९ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भक्तनारायण श्रेष्ठले ११ सय ३६ मत ल्याएका छन्। जसपाका दीपककुमार राईले ८११, राप्रपाका भोलामान कार्कीले ३०८ र स्वतन्त्र तेन्जी भोटियाले ५२२ मत ल्याएका छन्।