धादिङ क्षेत्र नम्बर १ मा समाजवादीका राजेन्द्र प्रसाद पाण्डे विजयी

धादिङ : धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे विजयी भएका छन् ।

नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री समेत रहेका पाण्डेले नेकपा एमालेका उम्मेदवार भुमि प्रसाद त्रिपाठीलाई सात हजार नौं सय ८१ मत अन्तरले पराजित गराएका हुन् ।

प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार नौं सय ३४ मत पाए भने एमालेका त्रिपाठीले २७ हजार नौं सय ५३ मत प्राप्त गरे ।