झापा ४ बाट एमालेका एलपी साँवा निर्वाचित

झापा : झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए ।

थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएकी खुश्बु ओलीले ५ हजार १० मत ल्याएकी छन् ।

ढकाल पूर्वप्रहरी हुन् भने खुश्बु पूर्वमिस टिन नेपाल हुन् । उनी सामाजिक कार्यमा सक्रिय छिन् । झापा ४ मा ७८ हजार ४८३ मत खसेकोमा ४ हजार ६४७ मत बदर भएको थियो ।