दैलेख १ (ख)मा कांग्रेसका कृष्णकुमार बिसी विजयी

दैलेख : दैलेख निर्वाचन क्षेत्र नं. १(ख)मा नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी भएका छन्। सत्तारूढ गठबन्धनको सहयोगमा बिसीले १० हजार ५४४ मत प्राप्त गरी विजयी भएका हुन्।​

बिसीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम थापाले ९ हजार ४६८ मत लिएका छन्।​ बिसी नेपाली कांग्रेस पार्टीमा रहेर जिल्लामा प्रभावशाली नेताका रूपमा स्थापित भएका छन्। उनी पूर्व जिल्ला सभापति हुन्।

२०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका बिसी यसपटक १ हजार ७६ मतान्तरले विजयी भएका हुन्।