प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान : प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकको समर्थन पाएकी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

थापाले ४१ हजार ११८ मत पाए भने पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा एमालेका पाेलिटब्यूराे सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पाैडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् ।

पौडेलले २०७४ मा कांग्रेस नेता डा. गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन् । प्रतिनिधिसभामा यहाँ ८८ हजार ४७ मत खसेको थियो ।